काठमाडौं

मानव स्वास्थ्यलाई आवश्यक क्यालोरीका आधारमा प्रतिवर्ष एक व्यक्तिलाई १ सय ९१ किलोग्राम चामल आवश्यक पर्ने कृषि मन्त्रालयको तथ्यांक छ । "/>

देशभर ७० प्रतिशत रोपार्इं आकाशे पानीकै भरमा

देशभर ७० प्रतिशत रोपार्इं आकाशे पानीकै भरमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मानव स्वास्थ्यलाई आवश्यक क्यालोरीका आधारमा प्रतिवर्ष एक व्यक्तिलाई १ सय ९१ किलोग्राम चामल आवश्यक पर्ने कृषि मन्त्रालयको तथ्यांक छ । नेपाली जनतालाई आवश्यक चामल उत्पादन गर्न नेपाल सक्षम पनि छ । तर बिहान–बेलुका भात नै खाने संस्कृतिका कारण स्वदेशमा उत्पादित धान अपुग भएर हरेक वर्ष अर्बौँ रुपैयाँको धान आयात भइरहेको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालयका अनुसार गत वर्ष मुलुकभर ५२ लाख ५० हजार टन धान उत्पादन भएको थियो । यो वर्ष मंसिर र चैतमा भित्रयाउने सहित ५५ लाख टन धान उत्पादन हुने सरकारको अनुमान छ । त्यस्तै अर्को वर्ष उत्पादन बढाएर ५८ लाख टन पुर्याउने मन्त्रालयको लक्ष्य छ । मन्त्रालयको तथ्यांक अनुसार नेपालमा प्रतिहेक्टर औसतमा ३ मेट्रिकटन धान उत्पादन हुन्छ । तर अघिल्लो वर्ष साँढे ३ मेट्रिकटन धान प्रतिहेक्टर उत्पादन भएको मन्त्रालयको भनाइ छ । त्यस्तै यो वर्ष उत्पादकत्व बढेर प्रतिहेक्टर ३ दशमलव ७५ मेट्रिकटन पुग्ने मन्त्रालयको अनुमान छ ।

यद्यपी सरकारले उत्पादन वृद्धि गर्ने लक्ष्य राखे पनि रोपाइँ गर्ने समय सम्म किसानलाई खासै सहुलियत बढाएको छैन । सोही कारण समयमै पानी परेको वर्ष धान धेरै फल्ने र खडेरी भएमा उत्पादन घट्ने हुन्छ । कृषि मन्त्रालयका प्रवक्ता डा. योगेन्द्र कार्कीले देशभर ३८ प्रतिशत भूभागमा सिँचाइ सुविधा पुगेको दाबी गरेका छन् । तर सरकारले यो बलजफ्ती बढाएको तथ्यांक मात्र रहेको कृषि विज्ञहरू बताउँछन् । अहिले मुस्किलले ३० प्रतिशत भूभागमा मात्र कुलो, नहर, डिप ट्युबवेल, बोरिङ, थोपा सिँचाइ लगायतका माध्यमबाट सिँचाइ सुविधा पुगेको उनीहरूको भनाइ छ । आकासे पानीको भर परेकै कारण गत वर्ष अपेक्षा भन्दा कम धान उत्पादन भएको थियो ।
नयाँ पत्रिकाबाट

Logo