नेपाल बैंकको एफपिओ आजबाट

नेपाल बैंकको एफपिओ आजबाट

केन्द्रबिन्दु
0
Shares

नेपाल बैंक लिमिटेडले आज असार १५ गतेदेखि एफपिओ निष्काशन गर्ने भएको छ । बैंकलाई नेपाल धितोपत्र बोर्डले गत शुक्रबार एफपिओ निष्काशनको अनुमति दिएको थियो ।

बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले प्रिमियम मूल्यमा १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्ने निर्णय गरेको थियो । बैंकले प्रति कित्ता १ सय अंकित मूल्यमा १ सय ८० प्रिमियम थप गरी प्रति कित्ता २ सय ८० मा एफपिओ निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले छिटोमा असार १९ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा साउन १३ गतेसम्म आवेदन गर्न सक्ने छन् । लगानीकर्ताले न्युनतम ५० कित्ता र तथा १० ले भाग जाने गरी विद्यमान कानुनी ब्यबस्थाको सिमा भित्र रहने गरी अधिकतम निष्काशन गरिने सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

साथै निष्काशन खुला गरिएको पहिलो दिन देखि नै संगठित संस्थाले समेत आवेदन दिन सक्ने छन् । लगानीकर्ताले मेरो शेयर मार्फत अनलाइनबाट वा सम्पूर्ण सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।

Logo