काठमाडौं

नेपाल बैंकर्स संघको भद्र सहमतिपछि बैंकहरूले ब्याज घटाउन थालेका छन् । गत बिहीबार भएको यस्तो सहमतिपछि शुक्रबारबाट बैंकले ब्याज घटाउन थालेका हुन् । "/>

सहमतिपछि बैंकहरुले ब्याजदर घटाउन थाले

सहमतिपछि बैंकहरुले ब्याजदर घटाउन थाले

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल बैंकर्स संघको भद्र सहमतिपछि बैंकहरूले ब्याज घटाउन थालेका छन् । गत बिहीबार भएको यस्तो सहमतिपछि शुक्रबारबाट बैंकले ब्याज घटाउन थालेका हुन् । सानिमा बैंकले शुक्रबार देखि व्यक्तिगत मुद्दतीमा ११ र संस्थागत लगानीमा साँढे १० प्रतिशत ब्याज दिने सन्देश आफ्ना ग्राहकलाई पठायो । सन्देशमा भनिएको छ, ‘शुक्रबारबाट लागू हुने गरी बचतको ब्याजदर ७ प्रतिशतमा झारिएको छ ।’

संघले बिहीबार व्यक्तिगत मुद्दती निक्षेपमा ११, संस्थागत निक्षेपमा साँढे १० र बचतमा ७ प्रतिशत ब्याजदर कायम गर्ने भद्र सहमति गरेको थियो । बैंकर्सले ब्याजदरलाई स्थायित्व दिन हाल तोकिएको सीमा माथि नजाने आन्तरिक सहमति गरेका छन् । सहमति सबैजसो वाणिज्य बैंकले पालन गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकको ब्याजदर यस अघि नै सीमा भित्रै थियो ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले शुक्रबार देखि नै ब्याजदर घटाएको बताए । ‘तरलता अभाव पूर्ण रूपमा समाधान भएको होइन’, उनले भने, ‘केही सहज भने भएको छ ।’ बैंकसँग अलीअली पैसा छ । असारमा कर्जा प्रवाह कम हुने भएकाले पनि बैंकहरू सहज अवस्थामा पुग्न थालेका छन् ।’

निक्षेपको ब्याजदर बढ्दा कर्जाको पनि बढ्छ । यसले समग्र अर्थतन्त्रलाई असर पार्दै आएको छ । ब्याजदरलाई स्थायित्व दिन यो वर्ष दोस्रोपटक बैंकहरू बीच सहमति भएको हो। ब्याजदर घटाउने सहमतिको सबै बैंकले पालन गरेको नेपाल क्रेडिट एन्ड कमर्स बैंकका डेपुडी प्रमुख कार्यकारी अधिकृत बन्दना पाठकले जानकारी दिइन् ।

‘लगानीयोग्य पुँजी सहज भएकाले नभएर ब्याजदरलाई स्थायित्व दिन यस्तो निर्णयमा पुगेका हौं’, डेपुडी प्रमुख कार्यकारी अधिकृत पाठकले भनिन्, ‘गत वर्ष ब्याजदरमा प्रतिस्पर्धा गर्दा यसको असर नाफा र प्रतिसेयर आम्दानीमा पर्‍यो । सोही कारण ग्राहक बैंक तथा लगानीकर्ताको समेत फाइदालाई ध्यानमा राखेर ब्याजदर घटाएका हौं।’

बैंकहरूले यस अघि गरेको भद्र सहमति तोड्दै बीचमा मुद्दती खातामा साँढे १३ प्रतिशत सम्म ब्याजदर पुर्‍याएका थिए । पाँच महिना अघि गरिएको सहमतिमा बैंकर्सले मुद्दतिमा ११ र साधारण बचतमा ८ प्रतिशत भन्दा ब्याज नदिने बताइएको थियो । गत वर्ष ब्याजदर साँढे १४ प्रतिशत सम्म पुगेको थियो ।
अन्नपूर्णबाट

Logo