काठमाडौं

प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले झण्डै ५ अर्बको बजेट प्रस्तुत गरेको छ । "/>

वीरगन्ज, भरतपूर , विराटनगर र लेखनाथ महानगरपालिकाको बजेट यस्तो

वीरगन्ज, भरतपूर , विराटनगर र लेखनाथ महानगरपालिकाको बजेट यस्तो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले झण्डै ५ अर्बको बजेट प्रस्तुत गरेको छ । आईतबार सम्पन्न दोश्रो नगरसभाले आर्थिक बर्ष २०७५,०७६ का लागि चार अर्ब ९४ करोड ३१ लाख ७७ हजार रुपैंयाको बजेट प्रस्ताव गरेको हो । नगर सभामा वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले बजेट प्रस्तुत गरेकी थिईन् । प्रस्तावित बजेट मध्ये नेपाल सरकारबाट सशर्त अनुदान ५५ करोड, प्रदेश सकारबाट सशर्त अनुदान ३ करोड, केन्द्र सरकारका कार्यक्रमसँग आबद्ध रकम २५ करोड ४६ लाख ७६ हजार, वैदेशिक श्रोततर्फ विभिन्न परियोजना कार्यान्वयनका लागि २ अर्ब, ६१ करोड, ८२ लाख ९५ हजार, नगर विकास कोषको पूर्वस्वीकृत ऋणबाट २३ करोड २७ लाख ३५ हजार रहने जनाएको छ ।

यता पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ को लागि ६ अर्ब ५३ करोड ६५ लाख बजेट प्रस्तुत गरिएको छ । आईतबार पोखरामा आयोजना गरिएको नीति, कार्यक्रम र बजेट सार्वजनिक कार्यक्रममा महानगरका मेयर मानबहादुर जिसीले उक्त बजेट प्रस्तुत गरेका हुन् । पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक वर्ष २०७५,०७६ को लागि ६ अर्ब ५३ करोड ६५ लाख बजेट प्रस्तुत गरिएको छ । आईतबार पोखरामा आयोजना गरिएको नीति, कार्यक्रम र बजेट सार्वजनिक कार्यक्रममा महानगरका मेयर मानबहादुर जिसीले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

मेयर जिसीका अनुसार ४ अर्ब ३३ करोड ७५ लाख २० हजार वाह्य आय रहेको छ भने संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ ६१ करोड ४४ लाख रुपियाँ रहेको छ । क्षेत्रफलका हिसाबले देशकै सबै भन्दा ठूलो महानगरपालिकालाई संघीय सरकारबाट प्राप्त सशर्त अनुदान तर्फ १ अर्ब २० करोड ४२ लाख रुपियाँ, संघीय सरकारबाट प्राप्त समपुरक अनुदानतर्फ ६ करोड रुपैयाँ, संघीय सरकारबाट प्राप्त विशेष अनुदानतर्फ १५ करोड रुैपयाँ रहेको छ ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिकाले ३ अर्ब ३४ करोड ५ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव हुने स्रोतले जानकारी दिएको छ । जस अन्तर्गत चालूतर्फ १ अर्ब ७० करोड ४९ लाख, पुँजीगततर्फ १ अर्ब ६२ करोड ५६ हजार रुपैयाँ विनियोजन गर्ने तयारी छ । आर्थिक विकासतर्फ ४ करोड ५० लाख, पूर्वाधार तथा सहरी विकासमा ५९ करोड, वातावरण तथा विपद व्यवस्थापन १२ करोड, संस्थागत विकास तथा सेवा प्रवाहमा ३५ करोड ६४ लाख रुपैयाँ विनियोजन गर्ने तयारी छ । महानगरलाई संघीय सरकारले अनुदानका रूपमा ७७ करोड (सशर्त) , ४६ करोड (समानीकरण) रुपैयाँ बजेट छुट्याएकोे थियो ।

यसैगरि विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि चार अर्ब ४७ करोड आठ लाख ४९ हजार आयव्यय सहितको बजेट आइतबार नै सार्वजनिक गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितद्वारा दोस्रो नगरसभाको उद्घाटनका अवसरमा उक्त बजेट सार्वजनिक गरिएको हो । सो अवसरमा महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिको दुई अर्ब ५२ करोड ८३ लाख ४९ हजार र एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना र क्षेत्रीय शहरी विकास परियोजनाको एक अर्ब ९४ करोड २५ लाख गरी जम्मा चार अर्ब ४७ करोड आठ लाख ४९ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

अधिकांश स्थानीय तहले आइतबार आगामी आव २०७५/७६ का लागि बजेट पेस गरेका थिए । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनको दफा २१ (३) मा असार १० गते भित्र सबै स्थानीय तहले आगामी आवको राजस्व र व्ययको अनुमान पेस गर्ने सीमा किटान थियो ।

Logo