काठमाडौं

आइतबार देशभरका ७ सय ५३ स्थानीय तहमा आगामी आर्थिक वर्ष ०७५, ७६ को बजेट आउँदैछ । "/>

आज ७ सय ५३ स्थानीय तहको बजेट आउँदै

आज ७ सय ५३ स्थानीय तहको बजेट आउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आइतबार देशभरका ७ सय ५३ स्थानीय तहमा आगामी आर्थिक वर्ष ०७५, ७६ को बजेट आउँदैछ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन ०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक असार महिनाको १० गते भित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ । आइतबार सबै स्थानीय तहको सभामा बजेट पेस हुने अर्थ मन्त्रालय, अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखा प्रमुख हरिप्रसाद बस्यालले जानकारी दिए ।

स्थानीय तहले चालू आर्थिक वर्ष देखि नै बजेट बनाएर कार्यान्वयन गरिरहेका छन् । सोहीकारण आगामी आवको बजेट केही परिपक्व भएर आउने अपेक्षा गरिएको छ । चालू आर्थिक वर्षमा वित्तीय हस्तान्तरणका माध्यमबाट २ सय २५ करोड रुपैयाँ स्थानीय तहमा पुगेको छ । आगामी आवको बजेटमा संघ तथा प्रदेशबाट प्राप्त हुने वित्तीय हस्तान्तरण बाहेक राजस्व बाडँफाँड र स्थानीय तहको कराधिकारका माध्यमबाट उठाउने राजस्व पनि समेटिनेछ । देशभरका सबै स्थानीय तहहरूको बजेट करिब ३ खर्ब पुग्ने अनुमान गरिएको छ ।
नयाँ पत्रिकाबाट

Logo