नेपाल बैंकर्स संघले ब्याजदरमा भद्र सहमति गरेपछि बैंकहरुले धमाधम नयाँ ब्याजदर निर्धारण गरेका छन् । करिब ५ महिनाअघि भएको भद्र सहमति खारेज भएपछि बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका थिए । "/>

बैंकहरुले धमाधम घटायो ब्याजदर

बैंकहरुले धमाधम घटायो ब्याजदर

केन्द्रबिन्दु
0
Shares

नेपाल बैंकर्स संघले ब्याजदरमा भद्र सहमति गरेपछि बैंकहरुले धमाधम नयाँ ब्याजदर निर्धारण गरेका छन् । करिब ५ महिनाअघि भएको भद्र सहमति खारेज भएपछि बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका थिए । 

बैंकहरुले आज शुक्रबारदेखि नै लागू हुने गरि बचत र मुद्दतीको नयाँ ब्याजदर सार्वजनिक गरेका छन । संघले ब्याज भुक्तानी त्रैमासिक रुपमा हुने गरि बचतमा ७ प्रतिशत, संस्थागत मुद्दति निक्षेपमा १०.५० प्रतिशत, साधारण मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याजको सिमा तोकेको छ ।

कुन बैंकको कति ?

एनसीसी बैंक

बचत निक्षेपमा ७ प्रतिशत

मुद्दति निक्षेपमा साढे १० प्रतिशत 

नेपाल बंगलादेश बैंक

बचत निक्षेपमा ७ प्रतिशत 

मुद्दति निक्षेपमा १० प्रतिशत

प्राइम बैंक

बचत निक्षेपमा ७ प्रतिशत 

मुद्दति निक्षेपमा साढे १० प्रतिशत

सेन्चुरी कमर्शियल बैंक

बचत निक्षेपमा  ७ प्रतिशत

मुद्दती खातामा १०.५० प्रतिशत कायम गरेको छ। 

एक बर्षको निक्षेपमा साढे १० प्रतिशत 

सनराइज बैंक

मुद्दती खातामा ३ महिनाको लागि ९.५० प्रतिशत र त्यस भन्दा बढी समयको लागि १० प्रतिशत ।

हिमालयन बैंक

मुद्दति निक्षेपमा ११ प्रतिशत 

संस्थागत मुद्दती निक्षेपमा १०.५० प्रतिशत 

मेगा बैंक

बचतमा साढे ६ देखि सात प्रतिशत

मुद्दतीमा साढे १० प्रतिशत

ग्लोबल आइएमई बैंक

मुद्दतीमा साढे १० प्रतिशत 

सिटिजन बैंक

१ बर्षीय साधारण र संस्थागत मुद्दतीमा खातामा साढे १० प्रतिशत

३ बर्ष भन्दा बढी समयका लागि क्रमश ९.७५ र साढे ९ प्रतिशत

सिद्धार्थ बैंक

बचतमा ७ प्रतिशत 

मुद्दतीमा ११ प्रतिशत 

माछापुछ्रे बैंक 

बचतमा ६ प्रतिशत 

मुद्दति निक्षेपमा ११ प्रतिशत 

नेपाल एसबिआई बैंक

मुद्दतिमा साढे १० प्रतिशत

प्रभु बैंक

मुद्दतीमा साढे १० प्रतिशतस

सेञ्चुरी बैंक

मुद्दतीमा साढे १० प्रतिशत

Logo