काठमाडौं

३० लाख सर्वसाधारणले मोबाइलबाट बैकिङ सेवा लिइरहेका छन् । बैंकमा गएर कारोबार गर्दा समय र खर्च पनि बढी लाग्ने भएकाले मोबाइलबाटै सेवा लिने बढेका हुन् । "/>

३० लाखले लिन्छन् मोबाइलबाटै बैंकिङ सेवा

३० लाखले लिन्छन् मोबाइलबाटै बैंकिङ सेवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

३० लाख सर्वसाधारणले मोबाइलबाट बैकिङ सेवा लिइरहेका छन् । बैंकमा गएर कारोबार गर्दा समय र खर्च पनि बढी लाग्ने भएकाले मोबाइलबाटै सेवा लिने बढेका हुन् ।

पछिल्लो समय साथमा रहेको मोबाइलबाटै बिजुली, खानेपानी, फोन जस्ता सेवाको बिल तिर्न, बैंक खातामा रकम पठाउन (टान्सफर) सकिने माछापुच्छ«े बैंक लिमिटेडका प्रमुख डिजिटल बैंकिङ अधिकृत नारायणप्रकाश भुजुले बताए । ‘नगद जम्मा गर्ने बाहेक अन्य सम्पूर्ण काम मोबाइलबाटै गर्न सकिन्छ,’ उनले भने, ‘नगदरहित (क्यासलेस) कारोबारलाई प्रोत्साहन गर्ने काम पनि मोबाइल बैंकिङले गरेको छ ।’ बैंकमा गएर गर्ने सबै काम मोबाइलबाटै गर्न सकिने भएकाले पछिल्लो समय मोबाइल बैंकिङ निकै फस्टाएको भुजुको भनाइ छ ।

राष्ट्र बैंकको चैत मसान्त सम्मको तथ्यांक अनुसार ३० लाख भन्दा बढी सेवाग्राहीले मोबाइल बैंकिङको सेवा लिइरहेका छन् र यो आगामी दिनमा बढ्दै जाने भएकाले बैंकहरुले मोबाइल बैंकिङलाई जोड दिन थालेको उनी बताउँछन् । माछापुच्छे बैंकका दुई लाख ग्राहकले मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने गरेका छन् । ‘बचत खाता समेत बैंकमा नआई खोल्न सकिन्छ,’ भुजुले भने ।

मोबाइल बैंकिङले मोबाइलबाटै कारोबार गर्न सक्ने सुबिधा दिने भएकाले नगद बोकेर हिँड्नु पर्ने अवस्थाको अन्त्य गरिदिएको छ । ‘नगद बोकेर हिँडदा हुने सम्भावित जोखिम पनि कमी गरिदिएको छ,’ भुजुले भने, ‘नयाँ प्रविधिले कामलाई सहज बनाइदिएको छ ।’ करिब ९० प्रतिशत नागरिकले मोबाइल बोक्ने गरेको एक अध्ययनले देखाएको छ । सर्वसाधारण नागरिकसम्म बैंकिङ सुबिधा पु¥याउन मोबाइल सहज तथा प्रभावकारी माध्यम बन्दै गएकोे छ ।

बैकिङ पँहुच नपुगेका तर मोबाइलको पहुँच पुगेका ग्रामीण भेगका लागि यो फलदायी साबित भएको बैंकर्स बताउँछन् ।अहिले करिब ४० प्रतिशतमा नागरिकमा मात्रै बैंकिङ सेवा पुगेको छ । बैंकिङ पहुँच बाहिर रहेका सर्वसाधारणलाई मोबाइलले त्यो सुविधा उपलब्ध गराउने विश्वास राष्ट्र बैंकले लिएको छ ।

पछिल्लो समय नगदरहित समाज बन्दै गएको छ । उक्त प्रविधिको प्रयोगबाट ग्राहकहरुले घरमै बसेर बैकिङ कारोबार गर्न सक्छन् । यसले ग्राहकलाई नगद लिएर हिँड्नु पर्ने झन्झटबाट मुक्त गरेको छ । सर्वसाधारणले आफूले चाहेका बेला जहाँबाट पनि २४ सै घन्टा बैंकिङ कारोबार गर्न सक्ने वातावरण बनेको छ । राष्ट्रबैंकले एकपटकमा पाँच हजार र दिनभरीमा १० हजार रुपैयाँ सम्म मात्र मोबाइल बैंकिङ कारोबार गर्न सकिने व्यवस्था गरेको छ । मोबाइलबाट मासिक ५० हजारसम्म कारोबार गर्न पाइन्छ ।
नागरिकबाट

Logo