नाडेप लघुवित्तको आइपिओ आउने पक्का 

नाडेप लघुवित्तको आइपिओ आउने पक्का 

केन्द्रबिन्दु
0
Shares

नाडेप लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि आइपिओ जारी गर्ने पक्का भएको छ । सस्थाले एक सय रुपैयाँ अंकित दरमा चार लाख ८० हजार कित्ता आइपिओ बिक्री गर्ने भएको हो ।

जसमध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता संस्थाका कर्मचारीलाई र सामूहिक लगानी कोष (म्युचअल फण्ड) लाई २४ हजार कित्ता शेयर सुरक्षित गरिएको छ भने बाँकी ४ करोड ३२ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार कित्ता आइपीओ सर्वसाधारणका लागि छुट्याइएको छ ।

आइपिओमा न्युनतम २० कित्ता र अधिकतम २ हजार ४ सय कित्तासम्म आवेदन गर्न पाइने बिक्री प्रवन्धकले जनाएको छ । कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गर्नेछ । हाल कम्पनीको चुक्त्ता पूँजी ११ करोड २० लाख रूपैयाँ रहेको छ ।

Logo