काठमाडौं

नेपालको एक मात्र पेट्रोलियम पदार्थ निर्यातक भारतमा एकसाता अघि देखि तेलको मूल्य निरन्तर ओरालो लागेको छ । "/>

पेट्रोलियम पदार्थ : भारतमा सस्तो हुँदा नेपालमा किन महँगो ?

पेट्रोलियम पदार्थ : भारतमा सस्तो हुँदा नेपालमा किन महँगो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालको एक मात्र पेट्रोलियम पदार्थ निर्यातक भारतमा एकसाता अघि देखि तेलको मूल्य निरन्तर ओरालो लागेको छ । भारतमा बितेको साताको पाँच दिनमा मात्रै पेट्रोलको मूल्यमा ३४ पैसा घट्यो । घट्दो मुल्य अनुसार नै आइतबार भारतीय आयल निगमले पेट्रोलको मूल्य १० पैसा घटायो । भारतको मुम्बईमा पेट्रोल ८५.९२ र डिजेल ७३.५८ रुपैयाँमा किनबेच भइरहेको छ । दिल्लीमा सबैभन्दा सस्तो ७८.११ रुपैयाँमा पेट्रोल किनबेच भइरहेको छ ।

तर नेपालमा शनिबार मात्रै पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले बढाएको थियो । आयल निगमको सञ्चालक समिति बैठकले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ मूल्य बढाएको थियो । भारतीय बजारमा अन्तलर्राष्ट्रिय मूल्य प्रणाली अनुसार दिनदिनै पेट्रोलियम पदार्थको मूल्य तलमाथि भइरहन्छ । भारतीय आयल निगमले हरेक महिनाको दुई पटक नेपाल आयल निगमलाई मूल्यसूची पठाउँछ । उसले हरेक महिनाको १ तारिखदेखि १५ सम्मको मूल्य विश्लेषणसहितको सूची एक पटक र १६ तारिखदेखि महिनाको अन्तिमसम्मको मूल्यसूची अर्को पटक पठाउँछ ।

भारतले मे अन्तिममा पठाएको मूल्य विश्लेषण सूचीमा त्यहाँ पेट्रोलियम पदार्थको भाउ बढेको थियो । यसभन्दा अघि मे १४ देखि २८ सम्म भारतमा तेलको मूल्य लगातार उकालो लागेको थियो । त्यसक्रममा भारतमा पेट्रोल करिब ४ रुपैयाँ र डिजेल ३.६२ रुपैयाँ सम्म महँगो भएको थियो । नेपालमा अहिले भारतले मे १५ देखि अन्तिम सम्मका लागि पठाएको मूल्यसूची अनुसार आयल निगमले पेट्रोलियम पदार्थ बजारमा पठाइरहेको छ । भारतीय बजारमा दैनिक मूल्यमा घटबढ भए पनि नेपालमा प्रत्येक १५ दिनमा मात्रै मूल्य तल माथि हुन्छ । यस्तो अवस्थामा भारतीय आयल निगमले मे १५ देखि अन्तिम सम्म पठाएको सूची अनुसार नेपाल आयल निगमले पनि शनिबार मध्यरातिदेखि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ मूल्य बढाएको हो ।

भारतमा मुल्य घटे पनि नेपालमा भने इन्धनको मुल्य घटेको छैन । बरु प्रत्येक १५ दिनमा वढ्दै आएको छ । थोरै थोरै वढेको जस्तो गरि विगत ३ महिना यता पेट्रोलमा मात्र प्रतिलिटर १५ रुपैयाँ वढेको छ । मुल्यवृद्धी नियन्त्रण सरकारको मुख्य प्राथमिकतामा परेको बताइए पनि इन्धनको मुल्यमा भने लगातार वृद्धि गरे पछि सर्वसाधारण मर्कामा मात्र परेका छैनन् सरकारसँग आक्रोस पनि पोखिरहेका छन् । शनिबार भएको मूल्य वृद्धिपछि समेत निगमलाई अझै १५ दिनको घाटा १८ करोड ६२ लाख रहेको प्रवक्ता गोइतले जानकारी दिए ।

विश्व बजारमा अहिले कच्चा तेलको भाउमा गिरावट आएको छ । मे ३० का दिन ६८.३३ डलर प्रतिब्यारल पुगेको कच्चा तेलको भाउ शुक्रबारसम्म घटेर ६५.६६ डलर प्रतिब्यारेलमा झरेको छ ।
अन्नपूर्णबाट

 

 

Logo