दोलखा

माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको आंशकामा जिल्लावासीले अख्तियार दुरोपयोग अनुसन्धान आयोगमा ऊजुरी दर्ता गराएका छन् । "/>

भ्रष्टाचार भएको भन्दै माथिल्लो तामाकोशी आयोजना विरुद्ध अख्तियारमा उजुरी

भ्रष्टाचार भएको भन्दै माथिल्लो तामाकोशी आयोजना विरुद्ध अख्तियारमा उजुरी

केन्द्रबिन्दु
0
Shares

दोलखा

माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको आंशकामा जिल्लावासीले अख्तियार दुरोपयोग अनुसन्धान आयोगमा ऊजुरी दर्ता गराएका छन् । राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीलाई दोलखावासीले कुनै अवरोध सिर्जना नगरी ९२ प्रतिशत काम सम्पन्न गर्नमा सहयोग गरेको तर आयोजनामा भ्रष्टाचार भएको देखिएपछि उनीहरुले यस सम्बन्धी आवश्यक छानविन र कारवाहीका लागि आयोगमा उजुरी दर्ता गराएका हुन् ।

आयोजनामा देखिएको बेतिथि, अनियमितता र दोलखावासीलाई निश्चित गरेको १० प्रतिशत शेयर न्यायोचित वितरण, लागत बढेको विषय, समय अवधि बढेको र भ्रष्टाचार लगायतका विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा समेत सम्बन्धीत पक्षले कुनै वास्ता नगरेपछि जिल्लावासीले मंगलबारआयोगमा ऊजुरी दर्ता गराएको युवानेता बर्मा लामाले बताए ।

दोलखामा रहेको यस आयोजनाबाट ४५६ मेगावाट विजुली उत्पादन हुने बताइएको छ । विगत ७ वर्ष देखि निर्माणाधिन अवस्थामा रहेको यस आयोजना आगामी वर्ष सम्पन्न हुने बताइए पनि कहिले स्थानियवासीहरुको अवरोध त कहिले के बाहानामा अहिले पनि काम सकिएको छैन ।

Logo