होमग्लोरीले ल्यायो गर्मीका उपकरणहरु

होमग्लोरीले ल्यायो गर्मीका उपकरणहरु

केन्द्रबिन्दु
0
Shares

नेपाली भान्छा र घरमा प्रयोग हुने आधुनिक सामग्रीहरु भारत र चीनवाट आयात गर्दै आएको होम ग्लोरीले नेपाली उपभोक्ताहरु माझ लोकप्रियता पाउदैं आएको छ । अहिले होम ग्लोरीले मौसम अनुसार प्रयोग हुने सामग्री देखि सधै प्रयोग हुने घरायशी सामग्रीहरु आयात गरेर नेपाली बजारमा ल्याएको छ ।

घरायशी सामग्रीहरुको प्रयोगमा अलग्गै पहिचान स्थापना गर्दै आएको होम ग्लोरीका उत्पादनहरु अहिले डिपार्टमेन्टल स्टोर देखि अनलाईन सपिङको क्षेत्रमा समेत अत्याधिक रुचाईएको छ । अहिले नेपाली बजारमा होम ग्लोरीका इलेक्ट्रोनिक्स र घरायशी प्रयोगका फरक फरक किसिमका सामग्रीहरु उपलब्ध रहेको छन् ।

ईलेक्ट्रोनिक्स एप्लायन्ससेसमा ब्रेड टोस्टर, इलेक्ट्रिकल जग, ग्याँस हिटर, स्याण्डविच मेकर, फ्यान देखि भ्याक्युम क्लिनर लगायत १६ किसिमका सामग्रीहरु रहेका छन् । यसैगरी हाउसहोल्ड एप्लायन्सेस अन्तर्गत ग्याँस स्टोभ देखि स्टेनलेस स्टिल लगायत आधा दर्जन सामग्रीहरु रहेको कम्पनीले जनाएको छ ।

गर्मी मौसमलाई ध्यान दिएर होम ग्लोरीले पछिल्लो पटक केही नयाँ सामग्रीहरुलाई नेपाली बजारमा ल्याएको छ । जसमा ६ किसिमका स्ट्याण्ड फ्यान रहेका छन् । कम्पनीले स्ट्याण्ड र टेबुल फ्यानहरुको मुल्य १ हजार ५ सय देखि २ हजार ५ सय रुपैंयासम्म पर्ने जनाएको छ ।

यस्तै गर्मी महिलालाई लक्षित गरेर बजारमा आएको जुसरको मुल्य पनि नेपाली उपभोक्ताहरुले खरिद गर्न सक्ने किसिमकै रहेको छ । कम्पनीका अनुसार होम ग्लोरीका जुसरहरुको मुल्य २ हजार देखि ६ हजारसम्म रहेको जनाएको छ ।

विगत ५ बर्ष देखि नेपाली उपभोक्ताको घर भित्र प्रयोग हुने सामग्रीहरुलाई आधुनिक बनाउने प्रयासमा लागेको होम ग्लोरीले इण्डक्सन बेस भएको स्टेनलेस स्टिलका भाँडाकुडाँहरु निकै रुचाईएको छ ।

Logo