काठमाडौं

पछिल्ला दिनहरुमा नेपाल गुणस्तर तथा नापतौल विभागले आफ्नो अनुगमन सक्रियता वढाएको छ । "/>

राजधानीका थप दुई पेट्रोल पम्पमा शिलबन्दी

राजधानीका थप दुई पेट्रोल पम्पमा शिलबन्दी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पछिल्ला दिनहरुमा नेपाल गुणस्तर तथा नापतौल विभागले आफ्नो अनुगमन सक्रियता वढाएको छ । यसै क्रममा केहि दिन अघि ललितपुरका केहि पेट्रोल पम्पलाई तोकिएको भन्दा कम मात्रामा पेट्रोलियम पदार्थ बिक्री गरिएको भन्दै विभागले कारबाहि गरेको थियो । यहि शिलशिला उपत्यकामा अन्य ठाउँमा पनि यस्तै प्रक्रिया दोहोरिएको पाइएको छ । विभागले तोकिएको भन्दा कम मात्रामा पेट्रोलियम पदार्थ बिक्री गरिएको पाइए पछि आइतबार राजधानीका दुई पेट्रोल पम्पलाई बिक्री वितरणमा रोक लगाएको छ ।

विभागले अनुगमनका क्रममा कम पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्ने हरिसिद्धि आयल स्टोर शान्तिनगर र कनक ट्रेड सेन्टर टेकुलाई बिक्री इन्धन वितरणमा रोक लगाएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पाँच वटा पेट्रोल पम्पको अनुगमन गरिएकामा दुईवटा पेट्रोल पम्पले तोकिएको मापदण्ड भन्दा कम पेट्रोल बिक्री गरेकाले बिक्रीवितरणमा रोक लगाइएको जानकारी दिएका छन् । “हरिसिद्धि आयल स्टोरले पाँच लिटरमा ३० मिलिलिटर सम्म कम र कनक ट्रेड सेन्टर टेकुले पाँच लिटरमा ४५ मिलिलिटर सम्म कम बिक्री गरेको अनुगमनमा पाइएको छ । त्यसैले बिक्रीवितरणमा रोक लगाएका हौँ”– उनले भने ।

अनुगमन गरिएका मध्ये थ्री ब्रदर्श आयल स्टोर बानेश्वर, सीता केयर प्रालि कालिमाटी र नेवाः ट्रेड कन्सर्न ढल्कोको सही परिमाण फेला पारेको विभागले जनाएको छ । आगामी दिनमा पनि यो अभियान निरन्तर रहेको बताइएको छ ।

Logo