काठमाडौँ

आर्थिक वर्ष ०७५,०७६ को बजेट निराशाजनक भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिक्रिया दिएको छ । "/>

बजेटबारे प्रतिपक्षी दल कांग्रेसको धारणा यस्तो

बजेटबारे प्रतिपक्षी दल कांग्रेसको धारणा यस्तो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

आर्थिक वर्ष ०७५,०७६ को बजेट निराशाजनक भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिक्रिया दिएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गरे लगत्तै कांग्रेसले बजेटले अर्थतन्त्रमा कुनै उत्साह ल्याउन नसकेको प्रतिक्रिया दिएको हो ।

बजेट भाषण सुनेर बाहिरिँदै गर्दा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले बजेटले थप बोझ बढाएको बताए । “यो सबै बेकारको कुरा हो । बजेट आयो, बोझ बढाएर गयो । कर बढाएर उत्पादकत्व बढाउँछु भन्ने हावादारी हो,” देउवाले भने ।

कांग्रेसकै सांसद डा. मिनेन्द्र रिजालले बजेट दिउँसै सपना देखाउने खालको भएको बताए । बजेट दिउँसै सपना देखाउने’ जस्तो बनेको उनको प्रतिक्रिया थियो । १७२ अर्ब आन्तरिक ऋण उठाउने व्यवस्था गरिए पनि त्यसलाई केन्द्रले उठाउने या प्रदेश र स्थानीय तहले उठाउने भन्ने विषय स्पष्ट नभएको उनले बताए ।

कांग्रेसका सांसद गगन थापाले पनि बजेटले उत्साह नथपेको बताए । बजेटमा कतैबाट पनि उत्साहित हुने ठाउँ देखिँदैन,” सांसद थापाले भने, “प्रधानमन्त्रीले बजेटसम्म हेर्नुस् म के गर्छु भनेर देखाउँछु भन्नु भएको थियो, एक प्रकारले जोखिमको अपेक्षा गरेको थिए । तर त्यस्तो कुनै देखिएन ।”
कारोबारबाट

Logo