काठमाडौँ

सरकारले आगामी आर्थिक वर्ष २०७५,७६ लागि ल्याएको बजेटमा सबैभन्दा धेरै बजेट प्रधानमन्त्री केपी शर्मा ओली जन्मिएको एक नम्बर प्रदेशले पाएको छ । "/>

कुन प्रदेशलार्इ कति बजेटः धेरै बजेट प्रदेश नं. एकमा, थोरै चारमा

कुन प्रदेशलार्इ कति बजेटः धेरै बजेट प्रदेश नं. एकमा, थोरै चारमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले आगामी आर्थिक वर्ष २०७५,७६ लागि ल्याएको बजेटमा सबैभन्दा धेरै बजेट प्रधानमन्त्री केपी शर्मा ओली जन्मिएको एक नम्बर प्रदेशले पाएको छ । केन्द्र सरकारले प्रदेश सरकारलार्इ एक खर्ब १३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो ।

सबैभन्दा धेरै बजेट प्रधानमन्त्री ओली र अर्थमन्त्री डा. युवराज खतिवडाको जन्मथलो रहेको एक नम्बर प्रदेशलाई विभाजन गरिएको हो । सबैभन्दा कम बजेट भने ४ नम्बर प्रदेशको भागमा परेको छ । सरकारले प्रदेश नम्बर १ लार्इ १९ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । त्यसैगरी सबैभन्दा कम बजेट प्रदेश नम्बर ४ लार्इ बिनियोजन गरिएको छ । प्रदेश नम्बर ४ को भागमा १३ अर्ब २७ करोड ८६ लाख रुपैयाँ बजेट परेको छ ।

त्यस्तै मधेसवादी दलहरूको बढी प्रभाव रहेको प्रदेशन नम्बर २ को भागमा १६ अर्ब १९ करोड ७२ लाख रुपैयाँ बजेट परेको छ । केन्द्रीय राजधानी समेत रहेको प्रदेश नम्बर ३ लार्इ सरकारले १६ अर्ब ५८ करोड ५३ लाख रुपैयाँ बजेट दिएको छ भने प्रदेश नम्बर ५ को भागमा १६ अर्ब ५४ करोड रुपैयाँ बजेट परेको छ । मानव विकास सूचकांकमा सबैभन्दा पछि परेको कर्णाली प्रदेशको भागमा सरकारले १६ अर्ब ६९ करोड ३५ लाख रुपैयाँ बजेट पारेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्मथलो समेत रहेको प्रदेशन नम्बर ७ को भागमा सरकारले १४ अर्ब २५ करोड २५ लाख रुपैयाँ बजेट परेको छ ।
अन्नपूर्णबाट

Logo