काठमाडौं

सरकारले आयात प्रतिस्थापनका लागि विशेष कार्यक्रम ल्याउने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा यस्तो कार्यक्रम समेट्न अर्थमन्त्रीले मन्त्रालय र निजी क्षेत्रसँग सुझाव मागेका छन् । "/>

बजेटका प्राथमिकता : आयात प्रतिस्थापनका लागि विशेष कार्यक्रम

बजेटका प्राथमिकता : आयात प्रतिस्थापनका लागि विशेष कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले आयात प्रतिस्थापनका लागि विशेष कार्यक्रम ल्याउने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा यस्तो कार्यक्रम समेट्न अर्थमन्त्रीले मन्त्रालय र निजी क्षेत्रसँग सुझाव मागेका छन् । आज सार्वजनिक हुने बजेटमा अर्थ मन्त्रालयले निर्यात प्रवद्र्धनका लागि तयारी थालेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले सम्बन्धित निकायको सिफारिसमा बजेट र कार्यक्रमको व्यवस्था गर्नेछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुदानलाई रोजगारी, मूल्य अभिवृद्धि र निर्यातको आकारसँग जोड्ने रणनीति तयार पार्दैछ । सोही अधारमा मन्त्रालयले नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) सूचीकृत गरेका वस्तु सहित २४ वस्तुको सामान्य कार्यविधि खाका बनाएको छ । कुनकुन वस्तुलाई कति प्रतिशत नगद प्रोत्साहन दिने भन्ने बारेमा सुझाव दिन उद्योग विभागका महानिर्देशकको संयोजकत्वमा उपसमिति गठन भएको छ ।

सरकारले अहिले मूल्य अभिवृद्धिका आधारमा २ देखि ४ प्रतिशत अनुदान दिँदै आएको छ । मन्त्रालयले तयार पारेको खाका अनुसार निर्यातमा नगद प्रोत्साहन बढाएर ५ प्रतिशत सम्म पुर्‍याउने र आयातमा २० प्रतिशत सम्म कर लागाउनु पर्ने उल्लेख छ । बढी मूल्य अभिवृद्धि भएको वस्तुमा रोजगारीको सम्भावना बढी हुने मन्त्रालयका प्रवक्ता रवीशंकर सैंजूले बताए ।

फलाम खानीको वैज्ञानिक परीक्षण गरी फलाम उत्खनन एवं प्रशोधन कार्यअघि बढाउने कार्यक्रममा जनाइएको छ । सरकारले अनावश्यक उपभोगलाई बढावा दिने र घरेलु अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने वस्तु र सेवाको आयात नगर्ने नीति लिएको छ ।
अन्नपूर्णबाट

Logo