काठमाडौँ

सरकारले संघ, प्रदेश र स्थानीयतह समेत गरेर कुल १६ खर्बको बजेट निर्माण गर्दैछ । "/>

आगामी आर्थिकवर्षका लागि १६ खर्बको बजेट आउँदै

आगामी आर्थिकवर्षका लागि १६ खर्बको बजेट आउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले संघ, प्रदेश र स्थानीयतह समेत गरेर कुल १६ खर्बको बजेट निर्माण गर्दैछ । हालै बसेको स्रोत समितिको बैठकले संघलाई १२ खर्ब र तल्ला दुई सरकारलाई ४ खर्बको बजेट सीमा तोकेको एक उच्च सरकारी अधिकारीले बताए । यस अनुसार संघीय सरकारको बजेट कुल खर्चको ७५ प्रतिशत र तल्ला तहका सरकारको बजेट २५ प्रतिशत हुनेछ ।

यसपटक केन्द्र र तल्ला तहका सरकारको बजेटलाई छुट्टाछुट्टै शीर्षकमा राखिनेछ । तल्ला तहमा हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँडलाई छुट्टै शीर्षकमा राखिनेछ । त्यस्तै मूल्य अभिवृद्धि कर र आन्तरिक अन्तःशुल्क बापतको ३० प्रतिशत र प्राकृतिक स्रोतबाट प्राप्त हुने ५० प्रतिशत रकम घटाएर मात्रै केन्द्रको राजस्व अनुमान सार्वजनिक गरिनेछ । यी रकम राजस्व बाँडफाँड अन्तर्गत तल्ला सरकारमा हस्तान्तरण हुन्छन् ।

त्यस्तै नेपाल सरकारले चालू आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । ९० अर्ब २० करोड वैदेशिक अनुदान प्राप्त हुनेछ । आगामी आवमा करिब ४ खर्ब ५० अर्ब ऋण उठाउने लक्ष्य सरकारले लिएको छ ।
नयाँ पत्रिकाबाट

Logo