काठमाडौँ

आर्थिक सर्वेक्षण २०७४, ०७५ अनुसार देशको कुल तिर्न बाँकी सार्वजनिक ऋण ८ खर्ब ४३ अर्ब रहेको छ । "/>

आर्थिक सर्वेक्षणः प्रतिव्यक्ति ऋण २८ हजार ९६३ रुपैयाँ पुग्यो !

आर्थिक सर्वेक्षणः प्रतिव्यक्ति ऋण २८ हजार ९६३ रुपैयाँ पुग्यो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

आर्थिक सर्वेक्षण २०७४, ०७५ अनुसार देशको कुल तिर्न बाँकी सार्वजनिक ऋण ८ खर्ब ४३ अर्ब रहेको छ । जुन कुल ग्राहस्थ उत्पादनको २८.० प्रतिशत हुन आउँछ । अब प्रतिव्यक्ति ऋण २८ हजार ९६३ रुपैयाँ पुगेको छ । विगत ८ महिनामा यो करिव ४ हजार रुपैयाँले वढेको हो । यसमध्ये वैदेशिक ऋणको अंश ५३.९ प्रतिशत रहेको छ । आर्थिक वर्षको प्रथम ८ महिनामा १ खर्ब ४ अर्ब ५५ करोड आन्तरिक ऋण परिचालन भएको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षण अनुसार पछिल्लो समयमा मुद्रास्फीति चाप पर्न थालेको छ । ०७४ साउनमा २.३ प्रतिशत रहेको वार्षिक विन्दुगत उपभोक्त मुद्रास्फीति दर ०७४ फागुनमा ६ प्रतिशत पुगेको देखिएको छ । त्यसैगरी २०७४ फागुनमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति दर २.३ प्रतिशत रहेको र अघिल्लो वर्षको सोही अवधिमा यो स्फीतिदर १ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०६६,०६७ पछि नेपालको सोधान्तर पुन घाटामा गएको छ । प्रथम ८ महिनामा यस्तो घाटा २५ अर्ब पुगेको छ । पछिल्लो समयमा निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च देखिएको छ । जसले व्यापार घाटा बढ्दै गएको देखाउँछ ।२०७४,०७५ को प्रथम ८ महिनामा कुल वस्तु निर्यात १०.८ प्रतिशतले निर्यात हुँदा आयात भने २२.१ प्रतिशतले बढेको छ ।
नागरिकबाट

Logo