सिद्धार्थ बैंक र इजीलिंक रेमिट्यान्सबीच रेमिट्यान्स सम्झौता

सिद्धार्थ बैंक र इजीलिंक रेमिट्यान्सबीच रेमिट्यान्स सम्झौता

केन्द्रबिन्दु
0
Shares

सिद्धार्थ बैंक र इजीलिंक रेमिट्यान्स प्रालिबीच रेमिट्ययान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले हस्ताक्षर गरे । 

उक्त सम्झौतासँगै इजीलिंक रेमिट्यान्स मार्फत कोरिया, जापान, साइप्रस, अमेरिका लगायत विश्वका विभिन्न देशहरुबाट पठाएको रकम सिद्धार्थ बैंकका देशभरी रहेका ११२ शाखाहरुबाट भुक्तानी लिन र खातामा रकम जम्मा गर्न सकिनेछ । 

बैंकले हाल देशभर ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा,  ११० एटिएम मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Logo