काठमाडौं

आफ्नो क्षेत्रमा बजेट पार्न उच्चस्तरका नेता देखि सांसद र पार्टीका कार्यकर्ताको दौडधुप सुरु भएको छ । "/>

आफ्नो क्षेत्रमा बजेट पार्न नेता देखि सांसद सम्मको दौडधुप

आफ्नो क्षेत्रमा बजेट पार्न नेता देखि सांसद सम्मको दौडधुप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आफ्नो क्षेत्रमा बजेट पार्न उच्चस्तरका नेता देखि सांसद र पार्टीका कार्यकर्ताको दौडधुप सुरु भएको छ । आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गर्ने दिन नजिकिँदै जाँदा ‘सोर्सफोर्स’ लगाउन सक्नेले बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय र योजना आयोग पुगेर दबाब दिन थालेका हुन् ।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार पछिल्ला केही दिन यता आफ्ना क्षेत्रमा धेरै कार्यक्रम र बजेट माग्न आउनेको ठूलो भीड लाग्ने गरेको छ । बजेट माग्न जानेमा पूर्वप्रधानमन्त्री देखि सांसद, पार्टीका कार्यकर्ता र विभिन्न क्षेत्रमा नाम चलेका व्यक्ति छन् । उनीहरूले दिनभर अर्थ मन्त्रालय र योजना आयोगमा बसेर बजेट निर्माणमा जुटेको टिमलाई दबाब दिने गरेको उनको दाबी छ ।

स्रोतका अनुसार अहिले बजेटलाई अन्तिम रूप दिन विज्ञ टोली लागिपरेको छ । नयाँ आर्थिक वर्षका लागि बजेट निर्माण कार्य अन्तिम चरणमा आइपुग्दा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका अधिकारीहरूलाई भ्याइ नभ्याइ छ । बजेट १५ जेठमा घोषणा गर्नु पर्ने संवैधानिक बाध्यता रहेकाले पनि व्यस्तता बढेको हो ।

सांसद र प्रभावशाली व्यक्तिको प्रभावमा परी स–साना योजनामा टुक्रे रूपमै कनिका छरेझैं बजेट छर्दा समृद्धिको लक्ष्यमा पुग्न नसकिने पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् । मुलुकको आवश्यकताका आधारमा ठूला र दीर्घकालीन महत्वका आयोजनामा विशेष धयान दिनु पर्ने उनको धारणा छ ।
राजधानीबाट

Logo