काभ्रे

काभ्रेको खोपासीमा रहेको २.४ मेगावाट जडित क्षमताको पनौती जलविद्युतगृहलाई शैक्षिक अध्ययन केन्द्रका रुपमा विकास गरिने भएको छ । "/>

पनौती विद्युतगृहलाई शैक्षिक ग्रामका रुपमा विकास गरिने

पनौती विद्युतगृहलाई शैक्षिक ग्रामका रुपमा विकास गरिने

केन्द्रबिन्दु
0
Shares

काभ्रे

काभ्रेको खोपासीमा रहेको २.४ मेगावाट जडित क्षमताको पनौती जलविद्युतगृहलाई शैक्षिक अध्ययन केन्द्रका रुपमा विकास गरिने भएको छ ।

नेपाल विद्युत प्राधिकरण र काठमाडौँ विश्वविद्यालयबीच विद्युतगृहलाई शैक्षिक र अनुसन्धान केन्द्रका रुपमा प्रयोग तथा विकास गर्ने सम्बन्धी समझदारीपत्रमा हिजो हस्ताक्षर भएको छ । काठमाडौँ विश्वविद्यालयमा आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र विश्वविद्यालयका उपकुलपति प्रा डा रामकण्ठ मकाजू श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । समझदारीको म्याद १० वर्षसम्म रहने छ । दुवै पक्षको सहमतिमा समझदारीपत्रको म्याद थप्न सकिने व्यवस्था गरिएको छ ।

प्राधिकरणलाई वित्तीय भार नपर्ने गरी विद्युतगृहको सुदृढीकरण, नयाँ संरचना निर्माण लगायत सम्पूर्ण काम विश्वविद्यालयले गर्नेछ । विद्युतगृहबाट अहिले उत्पादन भइरहेको ऊर्जा नघट्ने गरी विश्वविद्यालयले त्यस्ता संरचनाको प्रयोग गर्नेछ ।

विद्युतगृहबाट गत वर्ष २६ लाख ३० हजार युनिट विद्युत उत्पादन भएको थियो ।विद्युतगृहको सञ्चालन भने प्राधिकरणले नै गर्नेछ । विश्वविद्यालयले सिभिल, मेकानिकल, इलेक्ट्रिकल (जलविद्युत) लगायत इञ्जिनीयरिङ विषयमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि जस्ता शैक्षिक कार्यक्रम तथा तालीम सञ्चालनका लागि विद्युतगृहको स्वामित्वमा रहेका संरचना र जग्गाको प्रयोग गर्नेछ । विद्युतगृहका टर्वाइन, जेनेरेटर, नहर लगायत संरचनाको सुदृढीकरण विश्वविद्यालयले आफ्नै खर्चमा गर्ने व्यवस्था समझदारीपत्रमा गरिएको छ ।

प्राधिकरण र विश्वविद्यालयले ज्ञान तथा सीप साटासाट गर्न संयुक्त रुपमा तालीम, सम्मेलन, कार्यशाला र शैक्षिक कार्यक्रम सञ्चालनबाट नाफा प्राप्त भएमा त्यसको १० प्रतिशत प्राधिकरणले पाउने व्यवस्था गरिने छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विश्वविद्यालयले आफ्नै खर्चमा विद्युतगृहको क्षमता स्तरोन्नति गर्ने, अहिले त्यहाँ रहेका संरचनाको सुदृढीकरण तथा नयाँ बनाउने लगायत काम गर्ने जानकारी दिए । यसबाट प्राधिकरणको सम्पत्तिको संरक्षण र सदुपयोग हुने उनले बताए ।

प्राधिकरणले फर्पिङ, सुन्दरीजल जस्ता ऐतिहासिक विद्युतगृह विश्वविद्यालयलाई शैक्षिक प्रयोजनका लागि प्रयोग गर्न दिने तयारी गरेको छ । नेपालको पहिलो विद्युतगृह फर्पिङ त्रिभुवन विश्वविद्यालयलाई दिने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । सरकार र तत्कालीन सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगमा पनौती विद्युतगृहको निर्माण भएको थियो । सो विद्युतगृह २०२२ साल असार ३१ देखि सञ्चालनमा आएको थियो ।
रासस

Logo