काठमाडौँ

आम्दानीको तुलनामा खर्च धेरै हुँदा मुलुकको बाह्य क्षेत्र ऋणात्मक देखिएको छ । "/>

मुलुक लगातार शोधानान्तर घाटामा

मुलुक लगातार शोधानान्तर घाटामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

आम्दानीको तुलनामा खर्च धेरै हुँदा मुलुकको बाह्य क्षेत्र ऋणात्मक देखिएको छ । गत मंसिर देखि मुलुकको शोधानान्तर अवस्था लगातार घाटामा रहेको छ । पछिल्लो समयमा रेमिट्यान्स आयातको वृद्धिदर घट्दै जानु, सेवा आय नबढ्नु तर आयात वृद्धिदर भने उच्च हुँदा मुलुकको समग्र शोधानान्तर अवस्था लगातार घाटामा गएको हो ।

चालू आर्थिक वर्षको नौ महिना (चैत मसान्त सम्ममा) मुलुकको शोधानान्तर अवस्था १४ अर्ब ६० करोड रुपैयाँले घाटामा रहेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा मुलुकको शोधानान्तर अवस्था ५० अर्ब ६० करोड रुपैयाँले बचतमा रहेको थियो ।

मंसिर यता मुलुकको समग्र आयातको तुलनामा व्यय धेरै देखिएको छ । समीक्षा अवधिमा मुलुकको व्यापार घाटा २१.७ प्रतिशतले बढेको छ भने रेमिट्यान्स आय वृद्धिदर ०.७ बिन्दु प्रतिशतले घटेको छ ।
नयाँ पत्रिकाबाट

Logo