काठमाडौँ

मुलुकमा खाद्यान्नको मूल्य वृद्धिदर ४ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा खाद्यान्नको मूल्य वृद्धिदर ४ प्रतिशतले बढेको देखाएको हो । "/>

खाद्यान्नमा मूल्यवृद्धि ५ प्रतिशत नजिक

खाद्यान्नमा मूल्यवृद्धि ५ प्रतिशत नजिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

मुलुकमा खाद्यान्नको मूल्य वृद्धिदर ४ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा खाद्यान्नको मूल्य वृद्धिदर ४ प्रतिशतले बढेको देखाएको हो । चालू आर्थिक वर्षको नौ महिनाको तथ्यांक अनुसार मुुलुकमा खाद्यान्नको मूल्य वृद्धिदर ४ दशमलव ७ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा सो दर शून्य दशमलव ७ प्रतिशत रहेको थियो ।

गत आर्थिक वर्षको तुलनामा तरकारी, फलफूलजन्य वस्तुहरू र दुग्धजन्य वस्तु तथा अन्डाको मूल्यवृद्धि भएका कारण समग्रमा खाद्यान्नको मूल्यवृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । सो अवधिमा तरकारीको मूल्य वृद्धिदर उच्च रहेको राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

गत आर्थिकवर्षको पहिलो नौ महिनामा तरकारीको मूल्य वृद्धिदर ९ दशमलव ७ प्रतिशत रहेकोमा चालू आर्थिकवर्षमा सो दर २४ दशमलव ७ प्रतिशत पुगेको छ । त्यस्तै फलफूलमा गत आर्थिक वर्षमा ३ प्रतिशत रहेको मूल्य वृद्धिदर चालू आर्थिक वर्षमा ९ प्रतिशत पुगेको छ । दुग्धजन्य पदार्थ र अन्डामा मूल्य वृद्धिदर ७ दशमलव ६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा सो दर ४ दशमलव ४ प्रतिशत रहेको थियो । त्यस्तै सुर्तीजन्य पदार्थको मूल्यवृद्धिदर बढेर ६ दशमलव ३ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा सो दर ३ दशमलव ९ प्रतिशत रहेको थियो ।
राजधानीबाट

Logo