काठमाडौं

सगरमाथा लगायत अन्य हिमाल आरोहणबाट मात्र यस वर्ष ४५ करोड ५८ लाख १९ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको छ । "/>

यस वर्ष हिमाल आरोहणबाट ४५ करोड ५८ लाख राजस्व संकलन

यस वर्ष हिमाल आरोहणबाट ४५ करोड ५८ लाख राजस्व संकलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सगरमाथा लगायत अन्य हिमाल आरोहणबाट मात्र यस वर्ष ४५ करोड ५८ लाख १९ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, धौलागिरी लगायत विभिन्न २९ वटा हिमाल आरोहणका लागि उठाइएको रोयल्टी (आरोहण अनुमतिपत्र शुल्क) र फोहोर सफाइ शुल्क गरी संकलित कुल राजस्व रकम भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि जारी गरेको विनिमय दर अनुसार ३९ लाख ६१ हजार ५० अमेरिकी डलरको प्रतिडलर १०८ रुपैयाँका दरले हिमाल आरोहणबाट कुल ४५ करोड ५८ लाख १९ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको हो । विभागले अहिले सम्म सरकारले आरोहणका लागि खुला गरेका ६ हजार ५ सय मिटर भन्दा धेरै उचाइ भएका सगरमाथा सहित विभिन्न हिमालबाट राजस्व संकलन गर्दै आएको छ ।

यसबाहेक ६ हजार ५ सय मिटर भन्दा कम उचाइ भएका ३३ वटा विभिन्न हिमालको आरोहण शुल्क उठाउने र त्यसको उचित व्यवस्थापन एवं प्रवद्र्धन गर्ने जिम्मा नेपाल पर्वतारोहण संघ (एनएमए) लाई प्रदान गरिएको छ । यससँगै सगरमाथा लगायत विभिन्न हिमाल आरोहणमा जाने विदेशी आरोहीले सम्बन्धित हिमालको स्थानीय निकायलाई बुझाउनु पर्ने शुल्क यसमा समावेश भएको छैन ।

अहिले सम्म मुलुकभर आरोहण खुला भएका सम्पूर्ण हिमाल व्यवस्थापन र नियमन गर्दै आएको पर्यटन विभागले यस वर्षको वसन्त ऋतुमा आरोहणका लागि स्वदेशी, स्वदेशी र विदेशी आरोहीहरूले बुझाएको आरोहण रोयल्टी र हिमाल सफाइ शुल्कबाट कुल ४५ करोड ५८ लाख १९ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरेको हो ।
राजधानीबाट

Logo