काठमाडौँ

बजेट कार्यान्वयनमा समस्या देखिएको भन्दै व्यापक नीतिगत सुधार गरेको सरकार चालू आर्थिक वर्ष ०७४, ७५ मा पनि खर्च बढाउन भने असफल हुने देखिएको छ । "/>

चालु आर्थिकवर्षको १० महिनामा ५९ प्रतिशत मात्र बजेट खर्च

चालु आर्थिकवर्षको १० महिनामा ५९ प्रतिशत मात्र बजेट खर्च

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

बजेट कार्यान्वयनमा समस्या देखिएको भन्दै व्यापक नीतिगत सुधार गरेको सरकार चालू आर्थिक वर्ष ०७४, ७५ मा पनि खर्च बढाउन भने असफल हुने देखिएको छ । आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी हुँदा ५९ प्रतिशत मात्र बजेट खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार यस अवधिमा चालू खर्च ७० प्रतिशत भइसकेको छ भने पुँजीगत खर्च भने ४० प्रतिशत मात्र भएको छ ।

वित्तीय व्यवस्थातर्फको बजेट खर्च ३८ प्रतिशत छ । सरकारले यस वर्ष १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । १० महिनामा ७ खर्ब ५६ अर्ब ३६ करोड बजेट खर्च गरेको सरकारले अब दुई महिना बाँकी रहेको अवस्थामा ५ खर्ब २२ अर्ब ६३ करोड रुपैयाँ बजेट खर्च गर्नु पर्ने हुन्छ । यस हिसाबले हालसम्म सरकारले दैनिक १ अर्ब ५० करोड बजेट खर्च गरेको छ  । अबका दुई महिनामा दैनिक ८ अर्ब ५७ करोड खर्च गर्नु पर्नेछ ।

अघिल्लो आवमा कुल ७८.५१ प्रतिशत बजेट खर्च भएको थियो । त्यस मध्ये पुँजीगत खर्च ६५.५२ प्रतिशत मात्र थियो । चालू खर्च ८३.६५ प्रतिशत थियो भने वित्तीय व्यवस्थातर्फको खर्च ८५.८३ प्रतिशत थियो ।
नयाँ पत्रिकाबाट

Logo