काठमाडौँ

सडक विभागले चालु आर्थिक वर्ष रणनीतिक तथा राष्ट्रिय राजमार्गका लागि छुट्टयाएको बजेटको करिब एक चौथाइ अबका दुई महिनामा मात्र खर्च हुने भएको छ । "/>

सडकको बजेटः जेठ र असारमा मात्रै ५९ अर्ब खर्च गर्ने तयारी !

सडकको बजेटः जेठ र असारमा मात्रै ५९ अर्ब खर्च गर्ने तयारी !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सडक विभागले चालु आर्थिक वर्ष रणनीतिक तथा राष्ट्रिय राजमार्गका लागि छुट्टयाएको बजेटको करिब एक चौथाइ अबका दुई महिनामा मात्र खर्च हुने भएको छ । विभागले समयमा काम लगाउन नसक्दा आर्थिक वर्ष सकिनै लाग्दा ठूलो परिमाणमा बजेट खर्च हुन थालेको हो ।

विभागका लागि बजेट मार्फत दिइएको रकम मध्ये ३५ अर्ब रुपैयाँ खर्च भएको छ । बजेटमा व्यवस्था भए मध्ये २९ अर्ब रुपैयाँ खर्च हुन बाँकी छ । विभागले थप मागेको ३१ अर्ब सहित चालु आवका पछिल्ला दुई महिना जेठ र असारमा मात्र ५९ अर्ब रुपैयाँ खर्च हुनेछ ।

सडक र पुल निर्माण, मर्मत, कालोपत्रे र स्तरोन्नतिका लागि असार मसान्त सम्म करिब ९५ अर्ब रुपैयाँ खर्च हुँदैछ । बजेट नपुगेर ३१ अर्ब रुपैयाँ माग भएको सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताए । उनले भने, ‘बजेट मार्फत शीर्षक तोकेरै आएको रकम ७४ अर्ब रुपैयाँ छ । यो रकम मध्ये १० अर्ब रुपैयाँ अहिले सम्म खर्च गर्ने प्रक्रिया सुरु नभएकाले फिर्ता भएको हो।’

विभागसँग भएको ६४ अर्ब रुपैयाँ र थप माग गरिएको ३१ अर्ब गरेर चालु आवमा सडक निर्माणमा ९५ अर्ब रुपैयाँ खर्च हुने भएको छ । १३ अर्ब रुपैयाँको काम सकेर निर्माण व्यवसायीले विभागमा आवश्यक बिल सहित भुक्तानी दाबी गरेका छन् । सरकारले अहिले सम्म आठ अर्ब रुपैयाँ दिएको छ । अझै पाँच अर्ब भुक्तानी हुन बाँकी छ ।
अन्नपूर्णबाट

Logo