काठमाडौँ

मुलुकले वैदेशिक व्यापारलाई सन्तुलनमा राख्न नसक्दा प्रत्येक वर्ष व्यापार घाटा चुलिँदो छ । "/>

भारतसँग मात्र ६ खर्बको व्यापार घाटा !

भारतसँग मात्र ६ खर्बको व्यापार घाटा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

मुलुकले वैदेशिक व्यापारलाई सन्तुलनमा राख्न नसक्दा प्रत्येक वर्ष व्यापार घाटा चुलिँदो छ । नेपालले वार्षिक झन्डै दस खर्ब व्यापार घाटा बेहोर्दै आएको छ । व्यापार घाटाको दुईतिहाइ दक्षिणी छिमेकी मुलुक भारतसँग मात्र छ ।

वैदेशिक व्यापार सन्तुलन गर्न सबैभन्दा पहिला निकासी बढाउने र आयातलाई सन्तुलनमा राख्नुपर्छ । तर मुलुकमा अहिले यसको ठिक उल्टो भएको छ । मुलुकले निर्यात बढाउन सकेको छैन भने आयात दिनप्रतिदिन बढ्दै गएको छ । ‘भारतसँग मात्र होइन पछिल्लो समय अन्य मुलुकसँगको व्यापार घाटा पनि बढ्दै गएको छ,’ पूर्वसचिव पुरुषोत्तम ओझाले भने, ‘हालको अवस्थामा ९४ रुपैयाँको आयात गर्दा ६ रुपैयाँ मात्र निर्यात भएको छ । जुन १२ वर्ष अघि ६६ रुपैयाँको आयात र ३४ रुपैयाँको निर्यातको अवस्था थियो ।’

व्यापार घाटा हुने मुलुकहरू हरेक वर्ष बढ्दै गएका छन् । केही समय अघिसम्म नाफाको व्यापार रहेका अमेरिका, फ्रान्स, जर्मनी लगायत युरोपेली देशसँग व्यापार घाटा बढ्दै गएको छ । तीन वर्ष अघि व्यापार नाफामा रहेको बंगलादेशसँग अहिले ४ अर्बको आयात र १ अर्बको निर्यातको अवस्थामा पुगेको छ ।
नागरिकबाट

Logo