काठमाडौँ

बूढीगण्डकी जलविद्युत आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थबाट १९ अर्ब रुपैयाँ संकलन भएको छ । "/>

पेट्रोलियम पदार्थबाट १९ अर्ब संकलन

पेट्रोलियम पदार्थबाट १९ अर्ब संकलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

बूढीगण्डकी जलविद्युत आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थबाट १९ अर्ब रुपैयाँ संकलन भएको छ । उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी नेपाल आयल निगमले इन्धनबाट सो रकम संकलन गरेको हो । इन्धन आयात हुने भन्सार बिन्दुमा डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँका दरले रकम संकलन गदै आएको छ ।

अप्रिल सम्म १९ अर्ब २१ करोड रुपैयाँ संकलन भएको निगमले जानकारी दिएको छ । बूढीगण्डकी जलविद्युत आयोजनाको पूर्वाधार निर्माणका लागि आर्थिक वर्ष ०७२/७३ को १६ जेठ देखि भन्सार बिन्दुबाट प्रतिलिटर ५ रुपैयाँका दरले रकम संकलन गर्दै आएको थियो । सरकारले अघिल्लो वर्षको बजेटमार्फत घोषणा गरेअनुसार प्रत्येक महिना इन्धनबाट रकम संकलन आएको छ । चालू आर्थिक वर्षमा ८ अर्ब ६३ करोड, आर्थिक वर्ष ०७३/७४ मा ९ अर्ब ४२ करोड र आर्थिक वर्ष ०७२/७३ मा १ अर्ब १६ करोड रुपैयाँ संकलन गरेको निगमको भनाइ छ ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बूढीगण्डकी अप्रिलसम्म १९ अर्ब रुपैयाँ संकलन भएको बताए । “प्रत्येक महिना इन्धनबाट संकलन गरिएको रकम सरकारको खातामा जम्मा हुने गरेको छ,” उनले भने, “महिनामा ७० देखि ८० करोड रुपैयाँका दरले संकलन हुन्छ ।
कारोबारबाट

Logo