काठमाडौँ
सरकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडौंका उपभोक्ताले कृषकले बिक्री गरे भन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ । "/>

काभ्रेका किसानले २० रुपैयाँ केजीमा बेचेको तरकारी काठमाडौंका उपभोक्ताले ६० रुपैयाँमा खरिद

काभ्रेका किसानले २० रुपैयाँ केजीमा बेचेको तरकारी काठमाडौंका उपभोक्ताले ६० रुपैयाँमा खरिद

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
सरकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडौंका उपभोक्ताले कृषकले बिक्री गरे भन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ ।किसान देखि उपभोक्ता सम्म पुग्दा तरकारीको मूल्यमा करिब तीन सय प्रतिशत बढी मूल्यान्तर भेटिएको छ । किसान देखि उपभोक्ता सम्म आइपुग्दा पाँच भन्दा बढी तहमा नाफाखोरको जालोका कारण कृषकले कम र उपभोक्ताले बढी मूल्य तिर्नु परिरहेको छ ।

काभ्रेका किसानले २० रुपैयाँ प्रतिकेजीका दरले बिक्री गरेको काँक्रो काठमाडौंका उपभोक्ताले ६० रुपैयाँ प्रतिकेजीका दरले खरिद गर्ने गरेका छन् । किसान देखि उपभोक्ताबीचको यो मूल्यान्तर दुई सय प्रतिशत हो । त्यस्तै काभ्रेका किसानले प्रतिकेजी १० रुपैयाँका दरले बिक्री गरेको मुला काठमाडौंका उपभोक्ताले प्रतिकेजी ६० रुपैयाँका दरले खरिद गर्ने गरिरहेका छन् । किसान देखि उपभोक्ता सम्म पुग्दा मुलाको मूल्यमा पाँच सय प्रतिशतको अन्तर देखिन्छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा काँक्राको थोक मूल्य प्रतिकेजी ४० देखि ४५ रुपैयाँका छ । तर उपत्यकाकै भक्तपुरका कृषकले भने सो काँक्रोलाई २० रुपैयाँ केजीमा बिक्री गर्छन् ।काठमाडौंका व्यापारीले कृषकको खेतमै गएर खरिद गरेर उपत्यकाका खुद्रा पसलमा पु¥याउँदा नै एक सय प्रतिशत भन्दा बढी मूल्य असुल गर्ने गरेका छन् । त्यसमा थोक विक्रेताले थप नाफा राखेर बिक्री गर्दा कृषकले बिक्री गरेको मूल्य भन्दा दुई सय प्रतिशत बढी मूल्य उपभोक्ताले तिर्नु परेको छ ।

तरकारी व्यापारमा कायम मनपरी मूल्य नियन्त्रणमा सरकारले चासो नदेखाउँदा सीमित व्यापारीले कृषक देखि उपभोक्ता सम्ममा कब्जा जमाई अकुत नाफा कमाउँदै आएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । तरकारीमा भएको मनपरीको अर्को उदाहरण भक्तपुरमा उत्पादित आलु र बन्दा हो । सुडालकी आलु कृषक मन्दिरा अधिकारीले बुधबार रातो आलु १५ रुपैयाँ केजीका दरले बेचिन् । तर कुपण्डोलका रमेश महर्जनले सो आलुलाई ३८ रुपैयाँ केजीमा खरिद गरे ।
राजधानीबाट

Logo