काठमाडौँ

सफल हुने मान्छेहरुले नयाँ काम गर्दैनन् तर नयाँ तरिकाले गर्छन् भन्ने उदाहरण बनेका छन् यतिबेला नुवाकोटका सरोज रिमाल । "/>

किन पुगिन नायिका रिमा विश्वकर्मा ओल्ड स्कुटी रेष्टोमा ?

किन पुगिन नायिका रिमा विश्वकर्मा ओल्ड स्कुटी रेष्टोमा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सफल हुने मान्छेहरुले नयाँ काम गर्दैनन् तर नयाँ तरिकाले गर्छन् भन्ने उदाहरण बनेका छन् यतिबेला नुवाकोटका सरोज रिमाल । उनको नयाँ सोच र अवधारणामा अहिले काठमाडौंको बालाजु बाइपासमा ओल्ड स्कुटी रेष्टो सञ्चालनमा आएको छ । युवा व्यवसायी सरोज रिमालद्धारा सञ्चालनमा ल्याइएको उक्त रेष्टुरेण्टको नायक एवं मोडल अनिल थापा र रिमा विश्वकर्माले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् ।

आफूले अरुले भन्दा भिन्न किसिमको सेवा दिने बताउने रिमाल भन्छन, ‘काठमाडौंमा हजारौं रेष्टुरेण्ट छन तर हाम्रो सेवा सबै भन्दा भिन्न पाउनुहुनेछ ।’ नयाँ काम नयाँ ढंगले शुरु गरौं भनेर आफूले रेष्टुरेष्टको नाम ओल्ड स्कुटी राखेको उनले बताए । यहाँ रेष्टुरेण्टको वोर्डमै स्कुटर झुन्ड्याइएको छ । काठमाडौंको मुटु माछापोखरी नजिक रहेको उक्त रेष्टुरेण्टले पारिवारिक वातावरणमा मौलिक र स्वादिष्ट परिकारहरु खुवाउने लक्ष्य लिएको छ ।

व्यवसायी रिमाल भन्छन, रोजगारीको लागि छट्पटाउदै पराई मुलुक धाउनु भन्दा दुःख सुख आफ्नै देशमा व्यवसाय गर्नु राम्रो लाग्यो र रेष्टुरेण्ट व्यवसाय गर्ने निर्णय गरें’ । उनी भन्छन, ‘सकारात्मक सोचका साथ जुनसुकै काम गर्नुस् तपाई अवश्य सफल हुनुहुन्छ ।’ रेष्टुरेण्ट ओपनिङ गर्न नपाउदै दैनिक ३०,४० हजारको व्यापार हुन थालेको समेत उनले बताएका छन् । उनले सुरु गरेको व्यवसायले कमसेकम पनि आधा दर्जन भन्दा बढीलाई तत्काल रोजगारी दिएको छ ।

Logo