काठमाडौँ

२८ वटै वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको नौ महिनामा २२ खर्ब ५५ अर्ब रुपियाँ निक्षेप संकलन गरी १९ खर्ब ७९ अर्ब रुपियाँ लगानी गरेका छन् । "/>

वाणिज्य बैंकहरुको कारोबारः साँढे २२ खर्ब निक्षेप, पौने २० खर्ब लगानी

वाणिज्य बैंकहरुको कारोबारः साँढे २२ खर्ब निक्षेप, पौने २० खर्ब लगानी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

२८ वटै वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको नौ महिनामा २२ खर्ब ५५ अर्ब रुपियाँ निक्षेप संकलन गरी १९ खर्ब ७९ अर्ब रुपियाँ लगानी गरेका छन् । तरलता अभावका कारण बैंकहरूले कर्जा लगानीमा कडाइ गरेको भए पनि चैतको दोस्रो साताबाट सरकारी खर्चमा भएको वृद्धिपछि निक्षेप हुँदा कर्जा लगानी पनि सुधार भएको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सबै वाणिज्य बैंकले सार्वजनिक गरिसकेको आधारमा वाणिज्यहरूको निक्षेप र पुँजीको तुलनामा कर्जा लगानी अनुपात सीसीडी रेसियो ७७ दशमलव ५१ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको नियम अनुसार सीसीडी रेसियो ८० प्रतिशत भन्दा माथि हुनु हुँदैन । सीसीडी रेसियो ८० प्रतिशत नजिक भएका कारण बैंकहरू थप कर्जा लगानी गर्न सकिरहेका छैनन् । नयाँ बजेट आउनै लागेको सन्दर्भमा पुरानो बजेट सकाउन धमाधम खर्च गर्ने र निर्माण भइसकेका आयोजनाको भुक्तानी पनि दिइने भएकाले निक्षेप बढ्ने अनुमान गरिएको छ ।

तेस्रो त्रैमास सम्म १ खर्ब भन्दा बढी निक्षेप संकलन गर्न ६ वटा बैंकहरू सफल भएका छन् । सबैभन्दा बढी निक्षेप संकलन गर्ने बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । सो बैंकले यस अवधिमा १ खर्ब ५३ अर्ब २२ करोड ३९ लाख रुपियाँ निक्षेप संकलन गरेको छ । त्यस्तै दोस्रोमा एनआईसी एसिया बैंक रहेको छ । नौ महिनाको अवधिमा यस बैंकले १ खर्ब ३३ अर्ब ७२ करोड ६५ लाख रुपियाँ निक्षेप संकलन गरेको छ । तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंकको १ खर्ब ३० अर्ब १९ करोड ७४ लाख, चौथो स्थानमा नबिल बैंक १ खर्ब २३ अर्ब १ करोड ९४ लाख, पाँचौ एभरेष्ट बैंक १ खर्ब २३ अर्ब १ करोड ९४ लाख र छैठौमा ग्लोबल आइएमई बैंकले १ खर्ब ६ अर्ब ९४ करोड ४० लाख रुपियाँ निक्षेप संकलन गरेका छन् ।

यस अवधिमा ३६ अर्ब ९० करोड ६३ लाख रुपियाँ मात्रै निक्षेप संकलन गर्दै सबैभन्दा कमजोर सिभिल बैंक देखिएको छ । सो बैंक कर्जा लगानीमा पनि कमजोर देखिएको छ । यस बैंकले यस अवधिमा जम्मा ३४ अर्ब ९२ करोड ४८ लाख रुपियाँ कर्जा लगानी गरेको छ । कर्जा लगानीको पहिलो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । यस बैंकले १ खर्ब १८ अर्ब ८६ करोड ७ लाख रुपियाँ कर्जा लगानी गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब १२ अर्ब ८० करोड ७९ लाख रुपियाँ कर्जा लगानी गर्दै दोस्रो स्थानमा रहेको छ ।
नेपाल समाचारपत्रबाट

Logo