काठमाडौँ

बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावका बाबजुत पनि वाणिज्य बैंकहरूको नाफा बढेको देखिएको छ । "/>

वाणिज्य बैंकहरूको नाफा ९ महिनामा ३६ अर्ब

वाणिज्य बैंकहरूको नाफा ९ महिनामा ३६ अर्ब

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावका बाबजुत पनि वाणिज्य बैंकहरूको नाफा बढेको देखिएको छ । तरलता अभावका कारण वाणिज्य बैंकहरूले कर्जा प्रवाहमा नियन्त्रण गरे पनि चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा ३६ अर्ब भन्दा बढी खुद मुनाफा देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षमा वाणिज्य बैंकको मुनाफा १६ दशमलव २६ प्रतिशतले बढी हो । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैत महिना सम्मको वित्तीय विवरण अनुसार अधिकांश बैंकको अघिल्लो आर्थिक वर्षको सोही अवधि सम्मको तुलनामा नाफा बढेको देखिएको छ । सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । उक्त बैंकको नाफा ३ अर्ब ८ करोड ५० लाख रुपियाँ पुगेको छ ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको २ अर्ब ८३ करोड ५४ लाख र नविल बैंकको २ अर्ब ७९ करोड ९३ लाख रुपियाँ खुद मुनाफा देखिन्छ । गत वर्षको सोही अवधि सम्मको तुलनामा सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक (एनसीसी) ले २ सय २४ दशमलव ५४ प्रतिशतले नाफामा वृद्धि गरेको छ । तर अन्य बैंकसँगको नाफाको तुलनामा भने एनसीसी बैंक पुछारमा देखिएको छ । ४ वटा कम्पनीको मुनाफा २ अर्ब रुपियाँ भन्दा बढी देखिन्छ । २ अर्ब बढी नाफा कमाउनेमा नेपाल बैक लिमिटेड पनि रहेको छ । १५ वटा बैंकको मुनाफा एक अर्ब रुपियाँ भन्दा बढी रहेको छ ।
नेपाल समाचारपत्रबाट

Logo