काठमाडौं

नेपाली नम्बर प्लेटका ग्याँस बुलेट सञ्चालन गर्न दिन भारत सकारात्मक देखिएको छ । "/>

नेपाली नम्बर प्लेटका ग्याँस बुलेट सञ्चालन गर्न दिन भारत सकारात्मक

नेपाली नम्बर प्लेटका ग्याँस बुलेट सञ्चालन गर्न दिन भारत सकारात्मक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाली नम्बर प्लेटका ग्याँस बुलेट सञ्चालन गर्न दिन भारत सकारात्मक देखिएको छ । नेपाल–भारत अन्तरसरकारी समिति (आईजीसी) को बैठकको पूर्वसन्ध्यामा राजधानीमा मंगलबार देखि सुरु भएको दुई मुलुकका वाणिज्य सहसचिवस्तरीय अन्तरसरकारी उपसमिति (आईजीएससी) बैठकमा भारतीय पक्ष यस विषयमा सकारात्मक देखिएको हो।

नेपालका तर्फबाट बैठकमा सहभागी वाणिज्य मन्त्रालयका सहसचिव रवीशंकर सैजुले मंगलबार भएको द्विपक्षीय बैठकमा भारतले बिस्फोट्न सम्बन्धी अनुमतिपत्र प्राप्त नहुँदा नेपाली नम्बर प्लेटको बुलेट सञ्चालन गर्न नसकिएको मुद्दा प्रमुखताका साथ उठाएको जानकारी दिए । जवाफमा भारतीय वाणिज्य सहसचिव तथा संयोजक भुपेन्द्रसिंह भल्लाले नेपाली नम्बर प्लेटका बुलेट सञ्चालनका लागि विस्फोटन ऐन बाधक भएको औंल्याएका थिए ।

नेपाल आयल निगमले अहिले सम्म सात सय ७५ नेपाली नम्बर प्लेटका बुलेट किन्न निजी क्षेत्रलाई स्वीकृत दिएको छ । गत मंसिरमा नेपाली नम्बर प्लेट भएका दुई वटा बुलेट नेपाल भित्रिएका छन् । ५३ वटा बुलेट तयार भएर भारतमै थन्किएका छन् । नेपाली बुलेटलाई भारत सरकारको एक्स्प्लोसिभ विभागले अनुमति नदिएकाले सञ्चालनमा आउन सकेको छैन ।

मंगलबार देखि सुरु भएको आईजीएससीको बैठकमा नेपाल–भारतबीचको व्यापार तथा वाणिज्य सम्बन्धी प्राविधिक विषय प्रवेश पाएको छ । यो बैठकबाट प्राविधिक र नीतिगत समस्या उपर छलफल गरी मूल मुद्दा छनोट गरी आईजीसीको बैठकमा प्रवेश गराउने तयारी छ। बिहीबार देखि हुने आईजीसी बैठकमा नेपालका तर्फबाट वाणिज्य सचिव चन्द्रकुमार घिमिरे र भारतको तर्फबाट वाणिज्य सचिव रिता टिओरियाले नेतृत्वदायी भूमिका खेल्नेछन् ।
अन्नपूर्णबाट

Logo