सस्तोमा राम्रो खाना पाइने पाँच ठाउँ (भिडियोमा समेत)

सस्तोमा राम्रो खाना पाइने पाँच ठाउँ (भिडियोमा समेत)

केन्द्रबिन्दु
0
Shares

प्रेमकुमार श्रेष्ठ । काठमाडौं ।

हामीले दैनिकखानामाघर खर्च कति गर्छौ ?यसकाबारेमा कसैले हिसाब राख्दैन । तर, घरबाहिर खानाखाने गरेका छौँ भने कतिखर्च हुन्छ भन्ने मोटामोटी हिसाब हुन्छ नै ।
कहिलेकाहीँहामीलाईकामविशेष वाबाध्यतालेपनि घरबाहिर खानाखानु पर्ने अवस्थाआउँछ । कतिपयअवस्थामा अस्पताल बस्दा वाअन्यकामले होटलको खानाखानु पर्ने हुन्छ । यस्तो अवस्थामाहामीले सफा र किफायती ठाऊँ संझिन्छौं । र, खोज्छौं ।
कतिपयले सोचेको जस्तै काठमाडौंमाभएका सबै होटल तथा क्यान्टिङ महङ्गो र फोहोर छैनन् ।हामी सस्तो होटलका खानाफोहोर भएको मान्दै आएका छौँ । तर, सबै सस्तोमाखानाखुवाउने होटल फोहोर भने हुँदैनन् । यस्ता होटलहरु पनिव्यवस्थित र सफाहुने गर्छन् । यसै विषयलाई आधार बनाएर काठमाडौंमा सस्तोमा राम्रो र मीठोखानापाइने होटलहरुका बारेमाजानकारी गराउने प्रयास गरेका छौँ । जहाँजो कोहीले गएर खानाखान पाउँछ ।

१. सवैभन्दापहिला कुरा गरौं वीर अस्पताल क्यान्टिङको
– वीर अस्पताल नेपालकै पुरानो अस्पताल हो । दैनिक सयौंको संख्यामाविरामीले उपचार गर्ने अस्पतालको क्यान्टिङमा सयौँले खानाखाँदै आएका छन् । विरामीका लागि विभिन्न प्रकारका खाना पाइने यस क्यान्टिङमा सबैकालागि सस्तोमा खाना खुवाउँदै आइएको छ ।
क्यान्टिङले ग्राहकलाई सादाखानाजम्मा७० रुपैयाँमाखुवाउदै आएको छ ।यसैगरी ग्राहकले चिकेन खाना ११० रुपैयाँमा खान पाउने छन् ।
व्यवस्थापकीय रुपमा होटलको किचन सरसफाईमा पनि ध्यानदिएको छ । होटलको किचनमा हरेक परिकारलाई फरक फरक राखिएको छ । सामान्यतय विरामीलाई समेत उचित हुने गरी खानातयार गरिन्छ ।
यहाँ विशेषतः अस्पतालमा आएकाविरामी कुरुवा, डाक्टर नर्सलगायत अस्पतालका कर्मचारीहरु खाना तथा खाजाका लागि आउने गरेका छन् । यस क्यान्टिङमा अस्पतालसँग सरोकार नराख्नेहरु पनिजाने गर्छन् ।क्यान्टिङ वीर अस्पतालमा रहेको मन्दिर अगाडि रहेको छ ।

२,सिभिल अस्पताल क्यान्टिङ–
सस्तो र सफाखानाका लागि वानेश्वरस्थित सिभिल अस्पतालको क्यान्टिङसबैको लागि राम्रो स्थान रहेको छ । मूलतः अस्पतालमा आएकाविरामी तथा आफन्तलाई लक्षित गरी सञ्चालन गरिएको क्यान्टिङमा बाहिरका मानिसहरु पनिजाने गरेका छन् ।
खानाका साथै क्याटिङमा सस्तोमा खाजा पाइन्छ । होटलमा दैनिक सयौँ मानिसहरुले सेवालिने गरेको होटलका एक कर्मचारीले बताए । ग्राहकलाई सुविधाकालागि टोकन प्रणाली राखिएको छ । यसैगरीहोटलमा माइकिङबाट अर्डर लिएका ग्राहकलाई बोलाइने गरिन्छ ।
होटलले ग्राहकलाई चाहिने खानाआफै लिने व्यवस्था मिलाइएको छ । बाहिर मनोरम वातावरण भएकाले अस्पतालका स्टाफहरु बाहिर राखिएको टेन्टमा बस्नसक्दछन् ।होटलमा सादाखाना ८५, अम्लेन्ट खाना १२५ र चिकेन खाना १५५ रुपैयाँमा खानपाइने होटलको सूचनाबोर्डमाउल्लेख गरिएको छ ।
पर्याप्त ठाउँ भएकाले किचन सफा रहेको छ । यसका साथै सरसफाईमा व्यवस्थापकीयपक्षले ध्यान दिएकाले क्याटिङ सफा रहेको छ । अस्पतालमा विरामीका लागिआवश्यक पर्ने सबै प्रकारका खानाउपलब्ध रहेको छ ।

३, श्री दोलखा दिव्य गेष्ट हाउस एण्ड भोजनालय

काठमाडौंको व्यापारिक क्षेत्र महाबौद्धमा रहेको यस होटलले ग्राहकलाई सस्तोमा खाना खुवाउँदै आएको छ । निजी घर भाडा लिएर सञ्चालन गरेको होटलले अस्पतालमा आएकातथामहाबौद्धमा कामगर्नेहरुकालागि सेवादिँदै आएको छ ।
होटलमा दैनिक तीन सयजनासम्म खाना खान आउने होटल संचालक इन्द्रबहादुर श्रेष्ठले बताए ।
होटलका लागिपर्याप्त ठाउँ नभएकाले ग्राहकलाई साँघुरो लाग्छ । तर, होटलमा पकाउँदै गरेको खाना खानका लागि सयौँका संख्यामाग्राहकहरु जाने गर्दछन् । होटलले सादाखाना७० र चिकेन खाना १०० रुपैयाँमा खुवाउँदै आएको छ ।यसबाहेक ग्राहकले रुचीअनुसारकाखानाखानसक्दछन् ।

४, विद्युतप्राधिकरणको क्यान्टिङ–
मानिसहरुको अत्याधिक चाप हुने काठमाडौंको रत्नपार्कस्थित विद्युतप्राधिकरणको क्यान्टिङ सबैकालागि सस्तो खानापाइने स्थानमध्येको एक स्थान हो । सायदै कममानिसलाई जानकारी भएको यस क्यान्टिङमा मूलतःप्राधिकरणका कर्मचारीबाहेकका मानिसहरु कमै पुग्दछन् ।
प्राधिकरणको कार्यालयमा बाहिरी मानिस काम नहुने भएकाले क्यान्टिङमा बाहिरी मानिसहरु क्याटिङमा जाने मेसोसम्म पाउँदैनन् । तर, कार्यलयको अण्डर ग्राउण्डमा भएको क्यान्टिङ भने व्यवस्थित रहेको छ ।
आरामदायी तथा शान्त ठाउँमा रहेको क्यान्टिङले ग्राहकलाई सस्तोमा खानाको व्यवस्थागर्दै आएको छ । ग्राहकले हाफ खानासम्म खान पाउने व्यवस्था गरेको क्यान्टिङले जम्मा७५ रुपैयाँमा सादाखानाखुवाउँदै आएको छ । ग्राहकले सादाखानामादहीखाएभने १ सय रुपैयाँलाग्नेछ एक कर्मचारीले बताइन् । यसैगरी क्यान्टिङले चिकेन खानालाई एक सय र मटन (खसी) खानालाई १ सय २५ रुपैयाँमाउपलब्ध गराउँदै आएको छ । ग्राहकले हाफचिकेन र मटन खानाखाएभने १ रुपैयाँ तिर्नुपर्दछ ।

५, ए जु जेट भोजनालायखाजा घर एण्ड लज
सस्तो खानापाइने स्थानमा परिचित नाम हो, ए टु जेट भोजनालयखाजा घर एण्ड लज । काठमाडौँस्थितबत्तिसपुतलीमाअवस्थित यो होटलका सञ्चालक कुमार अधिकारी हुन् । विगत ५ वर्षदेखि होटल सञ्चालनगर्दै आएकाअधिकारीले सस्तोमाखानाखुवाउँदै आएका छन् ।
खानाबाहेक विभिन्नप्रकारकाखाजापाइने अधिकारीको होटलले अर्को उपमापाएको छ, सस्तो होटल । उनी भन्छन्, ‘भूकम्पको बेलामापनि मैले होटल बन्दगरिन् । वरपरका सबै मानिस यहीँआउथे । कतिदिन त सिस्तैमापनिखानाखुवाएँ ।’
होटलमा अधिकारी आफै खट्छन् । छोरीलाई टेबल र भुईमा सफागर्न लगाउँछन् । यसैमागर्व गर्छन् अधिकारी । उनी थप्छन्, ‘आफैले कामगर्ने हो । सस्तोमा सेवादिने हो ।’
पछिल्लो समय अधिकारीले रातो पुलमाहोटलको अर्काे शाखाखोलेका छन् । केहीमहिना अगाडिबाट सुरु गरेको होटलमा नयाँअफर ल्याएका छन् । उनी भन्छन्, ‘हामीले अर्को होटलमा भेज खानाकालागि १० जनाभए एक जनालाई फ्रीदिने गरेका छौँ ।’सस्तोमाखानाखुवाउँदै आएको होटलले मिटिङ्ग, गोष्ठी तथाहोम प्याकिङ पनिगर्दै आएको छ ।

 

Logo