काठमाडौँ

निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन । "/>

आठ महिनामा ७ खर्ब नाघ्यो व्यापारघाटा !

आठ महिनामा ७ खर्ब नाघ्यो व्यापारघाटा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन । चालू आर्थिक वर्षको आठ महिना अवधिमा व्यापारघाटा ७ खर्ब १३ अर्ब रुपियाँ नाघेको छ । यस अवधिमा मुलुकले गरेको कुल वैदेशिक व्यापारमा ९३ दशमलव ५ प्रतिशत आयात र ६ दशमलव ५ प्रतिशत मात्र निर्यातको योगदान रहेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुन मसान्त सम्ममा कुल निर्यातको अनुपातका आयात १४ दशमलव ४ गुणाले बढी देखिएको छ । यस अवधिमा ८ खर्ब २० अर्ब ७८ करोड रुपियाँ बराबरको कुल वैदेशिक व्यापारमा ७ खर्ब १३ अर्ब ९३ करोड रुपियाँ बराबरको आयात र ९३ अर्ब ४२ करोड रुपियाँ बराबरको मात्र निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात २२ दशमलव २८ प्रतिशतले बढेको छ भने निर्यात १० दशमलव ९६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७३÷७४ को आठ महिना अवधिमा मुलुकको व्यापारघाटा ५ खर्ब ७९ अर्ब ३८ करोड रुपियाँ बराबर थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा उक्त अनुपात २३ दशमलव २२ प्रतिशतले बढेर ७ खर्ब रुपियाँ नाघेको छ।

नेपालले छिमेकी मुलुक भारतसँग मात्र ५ खर्ब ३२ अर्ब ७६ करोड ७५ लाख रुपियाँ बराबरको व्यापार गरेको छ । जुन परिमाण नेपालले चालू आर्थिक वर्षको ८ महिना अवधिमा गरेको कुल वैदेशिक व्यापारको ६४ दशमलव ९० प्रतिशत बराबर हो । भारतसँग ५ खर्ब २ अर्ब २३ करोड रुपियाँ बराबरको आयात र ३० अर्ब ५३ करोड रुपियाँ बराबरको निर्यात गर्दा व्यापारघाटा ४ खर्ब ७१ अर्ब ७० करोड पुगेको छ । त्यसैगरी अर्को छिमेकी मुलुक चीनसँग १ खर्ब १ अर्ब रुपियाँ बराबरको आयात र १ अर्ब ८६ करोड रुपियाँ बराबरको निर्यात गर्दा ९९ अर्ब १२ करोड रुपियाँ व्यापारघाटा देखिएको छ ।
नेपाल समाचारपत्रबाट

Logo