वीरगन्ज

गहुँको खेतीमा यसपालि पनि किसानलाई घाटा परेको छ । लागत अनुसारको भाउ नपाइने त्यसमा पनि चैतको बर्खा । "/>

गहुँ बालीमा यस वर्ष पनि किसानलाई घाटा

गहुँ बालीमा यस वर्ष पनि किसानलाई घाटा

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज

गहुँको खेतीमा यसपालि पनि किसानलाई घाटा परेको छ । लागत अनुसारको भाउ नपाइने त्यसमा पनि चैतको बर्खा । ‘घाटा छ खेतीमा । लागत निकाल्न समस्या छ,’ पर्सा सुपौलीका बिकाउ रामले भने, ‘लागत र मेहनतको बनिहारी (ज्याला) मात्र निस्केको भए हुन्थ्यो ।’ पर्सामा यो वर्ष थोरै खेतमा गहुँ खेती गर्ने साना किसानलाई घाटा परेको छ ।

आफ्नै ट्याक्टर, दमकल र थ्रेसर भएकालाई घाटा नपरे पनि लागत मात्र उठेको छ । बिकाउ रामले साहुको १० कट्ठा खेत भाडामा लिएर गहुँ लगाएका थिए । धान बालीबाट साहुलाई दिनु पर्ने बाली चुक्ता गरेपछि गहुँबालीमा चोखै नाफा हुने आसमा उनी थिए । पुसमा खनजोत गरी बीउ हालेका उनको वैशाखको पहिलो साता खेत मध्ये चार कट्ठाको बाली चार मन (एक सय ६० किलो) गहुँ निस्कियो । अरु ६ कट्ठा काट्न बाँकी छ ।

गहुँ उत्पादन सोचे जस्तो नभएपछि श्रीमतीसँग खेतमै बसेर गन्थन गर्दै भेटिएका उनी खेतीपाती बाध्यता भएको बताउँछन् । ‘अरु के गर्ने ? कुनै काम छैन, साहुको खेत लिएर वर्षभर मेहनत गर्ने ठाउँ र आस गर्ने आधार हुन्छ,’ उनले भने, ‘नभए हामी जस्ता किसानलाई खेतीमा कहाँ फाइदा हुनु ? नयाँ अन्न घरमा भित्रिन्छ त्यत्ति हो ।’

अरुकोमा मजदुरी नगरे खेतीबाट खान पनि नपुग्ने उनको भनार्इ छ । मेहनत र खेतीमा परेको लागत जोड्दा घाटा परेको उनकी श्रीमती मनतुरिया देवी बताउँछिन् । गहुँबालीमा ट्याक्टरको जोताइ, बीउ, मल, दमकलबाट सिँचाइ गरी कट्ठामा करिब डेढ हजार रुपैयाँ खर्च परेको रामको भनार्इ छ । दुई हजार पाँच सय प्रतिक्विन्टलको भाउमा पर्सामा गहुँ किनबेच भइरहेको छ । उनले कट्ठामा ४० किलो गहुँ उत्पादन गरेका छन् ।

पर्सामा यसपालि गहुँ उत्पादनसँगै खेतीको क्षेत्र पनि घटेको देखिन्छ । जिल्ला कृषि कार्यालय पर्साका प्रमुख विरेन्द्र प्रसाद सिन्हाका अनुसार यो वर्ष पर्सामा करिब ३१ हजार हेक्टरमा गहुँ खेती भएको छ । पोहोर यो भन्दा पाँँच सय हेक्टर बढीमा गहुँ थियो ।
नागरिकबाट

Logo