गौर

रौतहटका बजारमा भारतमा उत्पादन गरिएका मापदण्ड विपरीतका प्रतिबन्धित साना ग्याँस सिलिन्डर खुलेआम बिक्री भइरहेका छन् । "/>

मापदण्ड विपरीत साना सिलिन्डरमा जोखिमपूर्ण तरिकाले ग्याँस भरेर बिक्री

मापदण्ड विपरीत साना सिलिन्डरमा जोखिमपूर्ण तरिकाले ग्याँस भरेर बिक्री

केन्द्रबिन्दु
0
Shares

गौर

रौतहटका बजारमा भारतमा उत्पादन गरिएका मापदण्ड विपरीतका प्रतिबन्धित साना ग्याँस सिलिन्डर खुलेआम बिक्री भइरहेका छन् । साना सिलिन्डरसँगै ग्याँस व्यापारीले ठूला सिलिन्डरबाट जोखिमपूर्ण तरिकाले साना सिलिन्डरमा ग्याँस भरेर बिक्री गर्दै आएका छन् । मापदण्ड पूरा नगरी र भीडभाड हुने बजारक्षेत्रमा नै ठूला कम्पनीका सिलिन्डरबाट ग्याँस भरेर बिक्री हँदै आएको छ ।

जिल्लाको गौर, शिवनगर, गरुडा, चन्द्रनिगाहपुर बजारका किराना पसल, भाँडा पसल र आधिकारिक ग्याँस बिक्रेता पसलमा साना सिलिन्डरमा ग्याँस भर्ने गरिन्छ । बढी नाफा हुने भएकाले व्यापारीले ठूला सिलिन्डरबाट साना सिलिन्डरमा ग्याँस भर्ने गर्दछन् । यसरी सुरक्षा मापदण्ड पूरा नगरी बनाइएका साना सिलिन्डर प्रयोग गर्दा सिलिन्डर पड्किएर बेलाबेलामा दुर्घटना समेत हुँदै आएको छ ।

व्यापारीले ठूला सिलिन्डरबाट सानोमा भरे बापत १३० रुपैयाँ प्रतिकेजीमा लिने गरेका छन् । कतिपय व्यापारीलाई यसरी ग्याँस बिक्री गर्नु गैरकानुनी र जोखिमयुक्त छ भन्ने समेत जानकारी छैन । गरुडाका एक ग्याँस व्यापारीले भने, ‘धेरै जनाले यसरी नै बिक्री गरिरहेका छन्, यसरी बिक्री गर्नु हँदैन भनेर कोही रोक्न आएका छैनन् ।’यसरी ग्याँस व्यापार गर्दै आएका व्यापारीहरु नाम बताउन चाँहदैनन्।

नेपाल–भारत खुला सिमाका कारण भारतबाट भन्सार छलेर पाँच किलो र दुई किलो ग्याँस अटाउने साना सिलिन्डर व्यापारीले ल्याउने गरेको पाइन्छ । ठूलो सिलिन्डरमा एकैपटक धेरै पैसा तिर्नु पर्ने र ओसारपसारमा समेत झन्झट हुने हँदा सर्वसाधारणको रोजाइ समेत साना सिलिन्डर पर्ने गरेको छ । शिवनगर चौकस्थित एक पसलमा ग्याँस भर्न आएका एक सर्वसाधाणले भने ‘सिलिन्डर सस्तोमा पाइन्छ त्यसैले यहाँ आएका हौं।’ सर्वसाधारण उपभोक्तालाई समेत जोखिमयुक्त सिलिन्डर प्रयोग गर्नु हुँदैन भन्ने ज्ञानको अभाव छ । भारतबाट लुकाइछिपाइ ल्याइएका मापदण्ड विपरीतका साना सिलिन्डरको कारोबार गर्न अनुमति नभएको स्थानीय प्रशासनको भनार्इ छ ।
अन्नपूर्णबाट

Logo