काठमाडौँ

आगामी असार सम्म २२ मेगावाट बिजुली थप हुने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपापञ्चकन्यामा बागमती जलविद्युत आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । "/>

असारमा २२ मेगावाट बिजुली राष्ट्रिय प्रशारणमा थपिँदै

असारमा २२ मेगावाट बिजुली राष्ट्रिय प्रशारणमा थपिँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

आगामी असार सम्म २२ मेगावाट बिजुली थप हुने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपापञ्चकन्यामा बागमती जलविद्युत आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । आयोजना माण्डु हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ । सुरुङ खन्ने, बाँध निर्माण गर्ने र पावर हाउसको सिभिलतर्फको काम नेपाली कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले गरिरहेको छ । कम्पनीका प्रोजेक्ट म्यानेजर अनुप न्यौपानेले आयोजनाको ८० प्रतिशत निर्माणकार्य सकिएको बताउँदै आगामी असार महिना सम्ममा बिजुली निकाल्ने लक्ष्य रहेको जानकारी दिए ।

“आयोजनाको २ हजार ४२४ मिटर लामो मुख्य सुरुङको ‘ब्रेक थु्रु’ को काम भइसकेको छ । असार अघि नै काम सक्नका लागि १५० नेपाली सहित ४ सय बढी कामदारले रात÷दिन काम गरिरहेका छन् ।” चाइनिज कम्पनी सिइच्वाङ–हेइच्वाङ र नेपाली कम्पनी साउथ एसियनले ०७२ वैशाखबाट निर्माणकार्य सुरु गरेको थियो ।

आयोजनामा सिभिलतर्फ १ अर्ब २९ करोडसहित कुल चार सय करोड लगानी रहेको छ । प्रतिसेकेन्ड १२.४ क्युसेक पानी पठाउने गरी ३.७ मिटर चौडा र ३.८ डायोमिटरको सुरुङ निर्माण गरिएको छ । बागमती र कोगटेको पानी इपापञ्चकन्या दोभानमा १० देखि १३ मिटर उचाइको बाँध निर्माण गरी सुरुङ मार्फत् बगरबेंसीस्थित पावर हाउसमा पुराउने कम्पनीको योजना छ । निर्माणाधीन बाँधबाट पावर हाउस (विद्युत्गृह) भने २ हजार ४४० मिटरको दूरीमा रहेको छ । आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ४० पैसामा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा बिक्री गर्ने सम्झौता गरेको जनाएको छ ।
कारोबारबाट

Logo