धादिङ

उत्तर फर्किएको सुख्खा डाँडा, साना बुट्यान जंगल भित्र लटरम्म पाकेका कफीका बोट । "/>

एउटै फार्मबाट ५ करोडको अर्गानिक कफी विदेश निर्यात !

एउटै फार्मबाट ५ करोडको अर्गानिक कफी विदेश निर्यात !

केन्द्रबिन्दु
0
Shares

धादिङ

उत्तर फर्किएको सुख्खा डाँडा, साना बुट्यान जंगल भित्र लटरम्म पाकेका कफीका बोट । किसानलाई टिप्न भ्याई नभ्याई छ । टन्टलापुर घाममा कफी टिप्न बारीभरी किसानको लर्को लाग्ने गर्छ । बारी भरी कफीबोटले ढकमक्क हुने गरेपछि त्यस ठाउँलाई समेत कफीडाँडाको रुपमा चिनिने गर्दछ । जिल्लाको सिद्धलेक गाउँपालिकाको नलाङमा पर्ने यस क्षेत्रमा कफी खेती गरेर करोड कमाउने गर्दछन् । यहाँ उत्पादन भएका कफी देशका विभिन्न ठाउँ तथा विदेशमा समेत निर्यात हुने गर्दछ ।

नलाङका किसानले उत्पादन गरेको एउटै कफी फार्मबाट ५ करोड बराबरको कफी उत्पादन गरि विदेश निर्यात गरेका छन्। अर्गानिक कफी उत्पादनमा निकै नै चर्चा बटुलेको हिमालयन अनटप अर्गानिक कफी स्टेट प्रालि नलाङले गतवर्षको उत्पादनबाट ५ करोड रुपैयाँ बराबरको कफी युरोपियन मुलुक नर्वेमा निर्यात गरेको बताएका छन् ।

५ वर्ष अघि देखिबाट सुरु गरिएको कफी खेतीले आम्दानी बढाएको छ भने किसानलाई रोजगारी समेत मिलेको फार्मका संचालक नीलकण्ठ रेग्मीले बताए । ‘५ वर्ष अघि बाट सुरु गरिएको उक्त फार्ममा गत वर्षबाट राम्रो उत्पादन दिन सुरु गरेको हो’ रेग्मीले भने, ‘उत्पादन गरिएको कफी नर्वेका बजारमा निर्यात हुन थाले पछी किसानहरू उत्साहित भएका छौँ ।’ यस वर्ष पनि कफीको उत्पादन राम्रै भएकाले गतवर्षको भन्दा यस वर्ष निर्यातदर झनै बढ्ने रेग्मीले बताए ।

नलाङमा २ सय ५० रोपनी क्षेत्रफलमा कफी खेती लगाइएको छ । अहिले ५२ हजार कफीका विरुवा छन् । त्यस मध्ये १८ हजार बोटबाट उत्पादन सुरु भएको छ । गत वर्षको उत्पादनबाट ११ टन कफी नर्वे पठाइएको रेग्मीले बताए । गत वर्ष भन्दा बढी कफी उत्पादन भएको र बजारीकरणको लागि पनि सहज भएको उनले बताए ।

‘प्रत्येक वर्ष उत्पादन दर बढाउने योजना छ’ रेग्मीले भने, ‘यस वर्ष झनै उत्पादन बढ्ने अनुमान गरिएको छ ।’ उत्पादनसँगै कफीको माग बढ्न थालेको छ । प्रत्येक वर्ष नयाँ कफीका बोटहरु थप्दै जाने रेग्मीले बताए । नर्वे लगायत युरोपियन मुलुकहरूमा अर्गानिक कफीको माग उच्च रहेकोले जति उत्पादन गरेपनि निर्यातको लागि सहज भएको र भाउ पनि राम्रो आउने गरेको किसानको भनार्इ छ । नलाङको फार्ममा उत्पादित कफी नर्वेका बजारमा निर्यात हुन थाले पछी अन्य किसानहरू उत्साहित भएका छन् । विषादीको प्रयोग नगरिएको अर्गानिक कफी अहिले फार्मबाटै प्रति किलोको ४ हजार रुपैयाँमा व्यापारीहरूले लैजाने गरेका छन् । कफी फार्म भित्रै संचालकहरूले कन्ट्री प्याराडाइज नामक कफी रिसोर्ट समेत चलाएका छन् ।
नागरिकबाट

Logo