बाणिज्य बैंकको इतिहासमै पहिलो महिला सीईओ बनिन् अनुपमा

बाणिज्य बैंकको इतिहासमै पहिलो महिला सीईओ बनिन् अनुपमा

केन्द्रबिन्दु
0
Shares

मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन। चैत २९ गते बसेको बैंक संचालक समितिले आगामी चार बर्षका लागि खुञ्जेलीलाई प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको हो।  खुञ्जेलीले बैशाख २ देखि नै कार्यभार सम्हाल्ने गरि सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ। प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसंगै खुञ्जेली बाणिज्य बैंकको सीईओ बन्ने पहिलो महिला बनेकी छिन।    

अनिल शाहको दुई कार्यकाल सकिएपछि बैंकमा पछिल्लो ५ महिनादेखि खुञ्जेलीले कामु सीईओको जिम्मेवारी निभाउदै आएकी थिइन। २७ वर्ष बैकिङ क्षेत्रमा काम गरेकी खुञ्जेलीसंग मेगा बैंकमा नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष व्यवस्थापकीय नेतृत्वमा काम गरेको अनुभव छ।    

तत्कालिन ग्रिनलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट बैंकिङ करियर शुरु गरेकी खुञ्जेलीसंग सोही बैंकमा १३ वर्ष,नविल बैंकमा ६ वर्ष काम गरेको अनुभव छ। उनले एस एस म्यानेजमेन्ट इन्स्टच्यूटबाट एमबीए गरेकी हुन ।

Logo