नाडामा नयाँ नेतृत्व, दाहाल पक्षको प्यानलै विजयी

नाडामा नयाँ नेतृत्व, दाहाल पक्षको प्यानलै विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा)को अध्यक्षमा शम्भु दाहाल निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा दाहाल अत्याधिक मत ल्याएर निर्वाचित भएका हुन् । त्यसैगरी निर्वाचित सम्पूर्ण सदस्यहरु पनि दाहाल समूहवाट नै छन् ।

निर्वाचित दाहालले ६ सय ६० मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी राम कँडेलले ६८ मतमा चित्त बुझाए । दाहाल सिप्रदी ट्रेडिङका निर्देशक हुन् । यसअघि उनी नाडाको उपाध्यक्ष थिए ।

नाडामा विजयी १४ सदस्यमा कृष्णप्रसाद दुलाल, करणकुमार चौधरी, अभिक ज्योती, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती(सुरेश), अनुपकुमार बराल, विक्रम सिंघानिया, प्रकाश कपुरी, सुरज भट्टराई, दीपक अग्रवाल, मिलनबाबु मल्ल, पंकज अग्रवाल, नन्दकिशोर शाही र निलमणि पाठक(राम) रहेका छन् । निर्वाचित सदस्य मध्येका दुलाल यसअघि नाडाको महासचिव थिए ।

कृष्णप्रसाद दुलाल

Logo