कञ्चनपुर

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले चालू आर्थिक वर्ष २०७४/७५ को चैत सम्म लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । "/>

गड्डाचौकी भन्सारबाट लक्ष्य भन्दा बढी राजस्व संकलन

गड्डाचौकी भन्सारबाट लक्ष्य भन्दा बढी राजस्व संकलन

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले चालू आर्थिक वर्ष २०७४/७५ को चैत सम्म लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । भन्सार कार्यालय गड्डाचौकीले चालू आर्थिक वर्षको साउन देखि चैत सम्म २० करोड ९७ लाख ४३ हजार रुपियाँ राजस्व संकलन भएको भन्सार अधिकृत रामप्रसाद पोखरेलले बताए । उनका अनुसार कार्यालयले यस अवधिका लागि २० करोड ४६ लाख १० हजार रुपियाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । सबैभन्दा बढी राजस्व संकलन कात्तिकमा भएको पोखरेलले बताए । उनका अनुसार चालू आर्थिक वर्षको साउनमा सबैभन्दा कम ९९ लाख ४० रुपियाँ संकलन भएको छ ।

भन्सार कार्यालयले भदौ महिनामा २ करोड ७६ लाख ४१ हजार, असोजमा २ करोड ६३ लाख २५ हजार, कार्तिकमा २ करोड ८४ लाख ४५ हजार, मंसिरमा ३ करोड २३ लाख ८८ हजार संकलन गरेको भन्सार अधिकृत पोखरेलले बताए । उनले पुसमा ३ करोड ६६ लाख २६ हजार रुपियाँ, माघमा २ करोड ६६ लाख २६ हजार र फागुनमा २ करोड ५५ लाख ३१ हजार रुपियाँ संकलन गरेको जानकारी दिए । ‘आगामी आर्थिक वर्षमा ३२ करोड ४६ लाख ७५ हजार रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएका छौं,’ अधिकृत पोखरेलले भने ।

कञ्चनपुर भन्सार कार्यालय गड्डँचौकीबाट तरकारी तथा फलफूल लगायतका सामान निर्यात भन्दा आयात बढी हुने गरेको भन्सार कार्यालयका भन्सार अधिकृत पोखरेलले बताए । उनका अनुसार चालू आर्थिक वर्षमा विभिन्न २२ प्रकारका वस्तु आयात भएका छन् भने ११ वस्तु निर्यात भएका छन् । चालू आर्थिक वर्ष २०७४/७५ को माघ मसान्त सम्म ८६ करोड ७० लाख ५ हजार रुपियाँका कम्मल आयात भएको उनले बताए । ‘४९ करोड ३ लाख ३० हजार रुपियाँका गार्मेन्ट आयात भएका छन्, उनले भने ।
नेपाल समाचारपत्रबाट

Logo