काठमाडौँ

१० बुँदे घोषणपत्र जारी गर्दै दोस्रो सहकारी महासम्मेलन सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासम्मेलनको समापन गरेका हुन् । "/>

१० बुँदे घोषणापत्र जारी गर्दै सहकारी महासम्मेलन सकियो

१० बुँदे घोषणापत्र जारी गर्दै सहकारी महासम्मेलन सकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

१० बुँदे घोषणपत्र जारी गर्दै दोस्रो सहकारी महासम्मेलन सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासम्मेलनको समापन गरेका हुन् । उनले राष्ट्रिय सहकारी महासंघ र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा भएको सम्मेलनले आर्थिक समृद्धी हासिल गरिने बताए । ‘अब सहकारी मार्फत देश नयाँ उचाइमा पुग्छ, सहकारीले आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ,’ उनले भने ।

राजनीतिक स्थायित्व देशले पार गरिसकेको भन्दै प्रचण्डले सामाजिक न्याय सहितको आर्थिक मोडेल मार्फत देश नयाँ उचाइमा पुग्ने बताए । शान्ति, स्थायित्व र समृद्धीका लागि सहकारी अपरिहार्य भएको उनको भनार्इ थियो । धनी र गरिबबीचको खाडल अन्त्य गर्दै सहकारी मार्फत उत्पादन र वितरण प्रणालीमा जोड दिन आवश्यक भएको उनले बताए ।

सम्मेलनमा दिगो विकास लक्ष्य पूरा गर्न सरकार, निजी क्षेत्र तथा सहकारी सहितको तीन खम्बे अर्थनीतिलाई अवलम्बन गरी समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा प्रतिबद्ध रहने, संवैधानिक व्यवस्था अनुरूप संघ, प्रदेश र स्थानीय सरकारले बनाउने ऐन, कानुन, नीतिमा एकरूपता ल्याउने लगायत १० बुँदे घोषणापत्र जारी भएको छ ।
राजधानीबाट

Logo