काठमाडौँ

आर्थिक वर्ष ०५७,०५८ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत प्राधिकरण आव २०७३,०७४ मा भने नाफा कमाउन सफल भएको छ । "/>

१६ वर्ष पछि विद्युत प्राधिकरण डेढ अर्ब नाफामा !

१६ वर्ष पछि विद्युत प्राधिकरण डेढ अर्ब नाफामा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

आर्थिक वर्ष ०५७,०५८ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत प्राधिकरण आव २०७३,०७४ मा भने नाफा कमाउन सफल भएको छ । २०६७,०६८ मा २७ अर्ब घाटा अपलेखन गरेपछि २८ अर्ब घाटा नाघिसकेको प्राधिकरण अघिल्लो वर्ष १ अर्ब ५१ करोड बराबरको नाफा कमाउन सफल भएको हो ।

गत वर्ष १ अर्ब ५० करोड बराबर घाटा हुने अनुमान गरिएको थियो भने गत भदौमा सम्पन्न प्राधिकरणको वार्षिकोत्सवमा ९७ करोड ८९ लाख घाटा देखाइएको थियो । तर प्राधिकरणको अन्तिम लेखापरीक्षणका क्रममा आश्चार्यजनक नतिजा देखिएको छ । दोस्रो आर्थिक पुनर्संरचना २०७३,०७४ पछि समायोजन गरिएका आधारमा विवरण तयार भएको र वित्तीय विवरणबारे अन्तिम प्रतिवेदन बाँकी रहेकोले केही संशोधन हुन सक्ने प्राधिकरणले जनाएको छ ।

आर्थिक वर्ष २०५७,०५८ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत प्राधिकरण आव २०७३,०७४ मा भने नाफा कमाउन सफल भएको छ । २०६७,०६८ मा २७ अर्ब घाटा अपलेखन गरेपछि २८ अर्ब घाटा नाघिसकेको प्राधिकरण अघिल्लो वर्ष १ अर्ब ५१ करोड बराबरको नाफा कमाउन सफल भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०७३,०७४ मा प्राधिकरण १ अर्ब ५१ करोड रुपैयाँ नाफामा गएको जानकारी दिए ।

“अघिल्लो वर्ष ५२ अर्ब १० करोड बराबर आम्दानी भएकोमा खर्च ५० अर्ब ६० करोड रुपैयाँ मात्र भएर नाफामा गएको हो,” उनले भने । प्राधिकरणको तथ्यांक अनुसार आव २०७२,०७३ मा प्राधिकरण ८ अर्ब ८९ करोड रुपैयाँ बराबर घाटामा थियो । विद्युत महशुल वृद्धि, चुहावट न्यूनीकरण, आन्तरिक उत्पादनमा भएको वृद्धिका साथै विदेशी मुद्रामा विद्युत खरिद सम्झौता भएको ४५ मेगावाटको भोटेकोसी जलविद्युत आयोजना जुरे पहिरोपछि सञ्चालनमा नआइ डलरमा भुक्तानी गर्नु पर्ने अवस्था नआउनु लगायतलाई प्राधिकरणको आम्दानी बढ्नु र घाटा कम हुनुको कारणको रूपमा लिइएको छ ।
कारोबारबाट

Logo