हेटौंडा

बागमतीको पानीबाट आगामी असारबाट २२ मेगावाट बिजुली उत्पादन हुने भएको छ । भीमफेदी गाउँपालिका–८ ईपापञ्चकन्यामा २२ मेगावाट क्षमताको बागमती जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको हो । "/>

वागमतीको पानीबाट असार देखि २२ मेगावाट बिजुली उत्पादन हुँदै

वागमतीको पानीबाट असार देखि २२ मेगावाट बिजुली उत्पादन हुँदै

केन्द्रबिन्दु
0
Shares

हेटौंडा

बागमतीको पानीबाट आगामी असारबाट २२ मेगावाट बिजुली उत्पादन हुने भएको छ । भीमफेदी गाउँपालिका–८ ईपापञ्चकन्यामा २२ मेगावाट क्षमताको बागमती जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको हो । माण्डु हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको सुरुङ, बाँध निर्माण र पावर हाउस सिभिलतर्फको काम नेपाली कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले गरिरहेको छ ।

कम्पनीका प्रोजेक्ट म्यानेजर अनुप न्यौपानेले आयोजनाको ८० प्रतिशत निर्माणकार्य सकिएको बताए । ‘२०७५ असार मसान्त भित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ’, उनले भने, ‘आयोजनाको २ हजार ४२४ मिटर लामो मुख्य सुरुङको ब्रेक थ्रू गरिसकेका छौं ।’ आयोजनामा एक सय ५० नेपाली सहित ४ सय बढी कामदारले रात÷दिन काम गरिरहेको न्यौपानले बाताए । चिनियाँ कम्पनी सिइच्वाङ हेइच्वाङ र नेपाली कम्पनी साउथ एसियनले २०७२ वैशाखबाट निर्माण थालेका थिए । आयोजनामा सिभिलततर्फ १ अर्ब २९ करोड सहित कुल चार अर्ब लगानी रहेको छ ।

प्रतिसेकेन्ड १२ दशमलव ४ क्युसेक पानी पठाउने गरी ३ दशमलव ७ मिटर चौडा र ३ दशमलव ८ डायोमिटरको सुरुङ निमार्ण गरिएको छ । बागमती र कोगटेको पानी इपापञ्चकन्या दोभानमा १० देखि १३ मिटर उचाइको बाँध निर्माण गरी सुरुङ मार्फत बगरबेंसीस्थित पावर हाउसमा पु¥याउने कम्पनीको योजना छ । निमार्णाधीन बाँधबाट पावर हाउस भने २ हजार ४ सय ४० मिटरको दूरीमा छ । आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ४० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा बिक्री गर्ने सम्झौता गरेको छ ।
अन्नपूर्णबाट

Logo