काठमाडौं

नेपालमा सञ्चालित ‘क’ वर्गका वाणिज्य बैंकले विदेशी वित्तीय संस्थाबाट ८० अर्ब रुपैयाँ सम्म कर्जा लिन पाउने भएका छन् । "/>

नेपालका क वर्गका बैंकले विदेशी वित्तीय संस्थाबाट ८० अर्ब कर्जा पाउने

नेपालका क वर्गका बैंकले विदेशी वित्तीय संस्थाबाट ८० अर्ब कर्जा पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालमा सञ्चालित ‘क’ वर्गका वाणिज्य बैंकले विदेशी वित्तीय संस्थाबाट ८० अर्ब रुपैयाँ सम्म कर्जा लिन पाउने भएका छन् । राष्ट्र बैंकले विदेशी वित्तीय संस्थाबाट प्राथमिक पुँजीको २५ प्रतिशत सम्म कर्जा लिन पाउने व्यवस्था गरेपछि यो सम्भव भएको हो ।

राष्ट्र बैंकले वित्तीय बजारमा तरलता अभाव दोहोरिएपछि यसको व्यवस्थापन गर्न विदेशी वित्तीय संस्थाबाट कर्जा ल्याउन बैंकलाई बाटो खुला गरिदिएको हो । बढी प्राथमिक पुँजी भएका बैंकले बढी कर्जा पाउनेछन् भने राष्ट्र बैंकले पुँजी वृद्धि योजना अनुसार पुँजी नपुर्‍याएका बैंकले पनि दुई अर्ब सम्म विदेशी बैंकबाट पुँजी लिन पाउनेछन् । वाणिज्य बैंकहरूले आफ्नो बैंकको प्राथमिक पुँजीका आधारमा विदेशी वित्तीय संस्थाबाट ऋण लिन पाउने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । उनले भने, ‘हाल बैंकको प्राथमिक पुँजी करिब तीन खर्ब १२ अर्ब छ ।’ यसरी हेर्दा बैंकहरूले ८० अर्ब रुपैयाँ ल्याउन सक्ने देखिन्छ ।

बैंकहरूले कर्जा लिन कर्जा प्रवाह गर्ने क्षेत्र, कर्जा प्रवाहको प्रयोजन र यसबाट देशको अर्थतन्त्रमा पार्ने प्रभाव लगायत विषय वस्तु खुलाउनु पर्नेछ । यस्तो कर्जा बैंकहरूले सरकारका प्राथमिकता तथा उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने तथा आयात प्रतिस्थापनमा सहयोग मिल्ने क्षेत्रमा उक्त कर्जा लगानी गर्न पाउनेछन् । यस्तो ऋण जलस्रोत, प्रसारणलाइन, केबलकार, विमानस्थल, सुरुङमार्ग, सडक, पुल लगायत पूर्वाधार निर्माण क्षेत्र, पर्यटन, कृषि, लघुवित्त लगायत क्षेत्रमा जानेछ ।
अन्नपूर्णबाट

Logo