काठमाडौँ

नेपालीले वार्षिक विद्युत खपतमा मात्र ४७ अर्ब भन्दा बढी खर्च गर्ने गरेका छन् । "/>

बिजुलीवत्तीमा नेपालीको वार्षिक खर्च ४७ अर्ब वढी

बिजुलीवत्तीमा नेपालीको वार्षिक खर्च ४७ अर्ब वढी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपालीले वार्षिक विद्युत खपतमा मात्र ४७ अर्ब भन्दा बढी खर्च गर्ने गरेका छन् । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष ०७३,७४ मा गरेको वार्षिक आम्दानीका आधारमा यो तथ्यांक निकालिएको हो । अघिल्लो आर्थिक वर्षमा नेपालमा ४७ अर्ब ६ करोड ५६ लाख रुपैयाँ बराबरको बिजुली खपत भएको थियो । यो सोही अवधिको अघिल्लो आवको भन्दा ४६ प्रतिशतले वृद्धि हो । आव ०७२,७३ मा ३१ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ प्राधिकरणले आम्दानी गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष ०७३,७४ सम्म प्राधिकरणमा ३२ लाख ५७ हजार ८१२ ग्राहक थिए । चालू आवको मंसिर सम्म ग्राहक संख्या बढेर ३३ लाख ६० हजार ४५० पुगेको छ । सो मध्ये घरायसी ग्राहकबाट प्राधिकरणले चालू आवको ६ महिनामा ९ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आवको सोही अवधि भन्दा २१ प्रतिशतले बढी हो । अघिल्लो आवमा ८ अर्ब २३ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै समीक्षा अवधिमा प्राधिकरणले उद्योग क्षेत्रबाट ७ अर्ब ८० करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो सोही अवधिको अघिल्लो आवभन्दा ३० प्रतिशतले बढी हो । अघिल्लो आवमा प्राधिकरणले ६ अर्ब ६३ करोड आम्दानी गरेको थियो ।

चालू आवको मंसिर सम्म उद्योग ग्राहकको संख्या ४६ हजार ९ सय ३६ रहेको छ । अघिल्लो आवको मंसिर सम्म ४४ हजार ३ सय ३९ जना रहेको थियो । प्राधिकरणमा कुल ३३ लाख ग्राहक मध्ये घरायसी ग्राहकको संख्या ३१ लाख ८३ हजार रहेको छ । अघिल्लो आवमा घरायसी ग्राहकको संख्या २८ लाख ९० हजार थियो ।
नयाँ पत्रिकाबाट

Logo