आज श्वेतपत्र सार्वजनिक गरिंदै

आज श्वेतपत्र सार्वजनिक गरिंदै

केन्द्रबिन्दु
0
Shares

सरकारले आज दिउँसो ३ बजे श्वेतपत्र ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालयबाट श्वेतपत्र सार्वजानिक गर्ने कार्यक्रम रहेको छ ।

श्वेतपत्रमा मुलुकको अर्थतन्त्रको वर्तमान अवस्था र भविष्यमा कसरी अगाडि बढ्ने भन्ने रणनीति समेटिएको हुन्छ । यसअघि मन्त्रालयले प्राविधिक कारण देखाउँदै श्वेतपत्र जारी गर्न सकेको थिएन । 

देश एकिकृत राज्य प्रणालीबाट संघीय संरचनाअनुसार विकेन्द्रीत हुँदै गइरहेको अवस्थामा खर्चका स्रोतहरू बाँडिदै गएको र आम्दानीका स्रोत घट्ने निश्चित हुँदा आर्थिक परिसूचक नकारात्मक रहेको हालको अवस्थालाई चित्रण गर्न अर्थ मन्त्रालयले ह्वाइपेपर निकाल्ने प्रक्रिया अघि बढाएको थियो । 

पछिल्लो समय बैंकहरू लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । देशको शोधनान्तर ६ अर्ब ६६ करोडले घाटामा छ । अर्थतन्त्रमा टेवा पु¥याउने पूँजीगत खर्च करिब २३ प्रतिशतको हाराहारीमामात्र खर्च हुन सकेको छ । यसअघि चैत २ गते नै श्वेतपत्र ल्याउने अर्थमन्त्रीको तयारी भएपनि विभिन्न कारण देखाउँदै सारिएको थियो ।

Logo