साञ्जेन र रसुवागढीको आइपिओ बाँडफाड आज, यसरी बाँडिदै

साञ्जेन र रसुवागढीको आइपिओ बाँडफाड आज, यसरी बाँडिदै

केन्द्रबिन्दु
0
Shares

साञ्जेन जलविद्युत्त कम्पनी र रसुवागढी हाईड्रोपावर कम्पनीको आइपिओ आज बांडफांड हुने भएको छ । दुवै कम्पनीमा निष्काशित सेयरको तुलनामा करिब ६ गुणा बढी आवेदन परेको छ ।

धितोपत्रले गरेको व्यवस्था बमोजिम सबै आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड हुनेछ। बाँकी रहेको सेयरलाई फेरि १० कित्ताका दरमा नै वितरण हुनेछ । यसरी बाँडफाँड गर्दे जाँदा सबै आवेदकलाई दश कित्ता नपुग्ने अवस्थामा भने गोलाप्रथाबाट बाँकी सेयर वितरण हुनेछ ।

रसुवागढी हाईड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत्त दुबैले कम्पनीका संस्थापक सेयरधनीको रुपमा रहेका नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र स्थानीय संघ संस्था तथा ऋणदाताको रुपमा रहेको कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि साधारण सेयर निष्काशन गरेका थिए ।

रसुवागढीले पहिलो चरणमा दुई लाख बढी आवेदकले ६ अर्ब ७५ करोड लाख रुपैयाँ बराबरको ६ करोड ७५ लाख हजार कित्ता सेयर माग गरेका थिए । त्यस्तै त्यस्तै रसुवागढी दोस्रो चरणमा निष्काशन भएको ६ लाख ८४ हजार २१० कित्ता साधारण सेयरमा कर्मचारी सञ्चयकोषका ५८५ कर्मचारीले ७ करोड ३८ लाख ८५ हजार रुपैयाँ बराबरको ७ लाख ३८ हजार ८५० कित्ता सेयर माग गरेका छन् ।

उता संस्थापक संस्थाका कर्मचारीका लागि २३ लाख ९४ हजार ७३५ कित्ता निष्काशन गरेकोमा ८ हजार ९८६ कर्मचारीले ४३ करोड ९३ लाख ७३ हजार रुपैयाँ बराबरको ४३ लाख ९३ हजार ७३० कित्ता सेयर माग गरेको कम्पनीको सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

साञ्जेन जलविद्युत्त कम्पनीमा पहिलो चरणमा एक लाख ८३ हजार आवेदकले चार अर्ब १७ करोड २२ लाख रुपैयाँ बराबरको ४ करोड १७ लाख २२ हजार कित्ता सेयर माग गरेका छन् । त्यस्तै साञ्जेनको दोस्रो चरणमा निष्काशन भएको ३ लाख ६५ हजार कित्ता साधारण सेयरमा कर्मचारी सञ्चयकोषका ५८७ कर्मचारीले ३ करोड ९९ लाख ४६ हजार रुपैयाँ बराबरको ३ लाख ९९ हजार ४६० कित्ता सेयर माग गरेका छन् ।

उता संस्थापक संस्थाका कर्मचारीतर्फ ८ हजार ९७७ कर्मचारीले २६ करोड ४२ लाख ४१ हजार रुपैयाँ बराबरको २६ लाख ४२ हजार ४१० कित्ता सेयर माग गरेको कम्पनीको सेयर विक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

Logo