एनटिसी प्रयोगकर्तालाई खुसीको खबर, सापटी सुबिधा आजबाट

एनटिसी प्रयोगकर्तालाई खुसीको खबर, सापटी सुबिधा आजबाट

केन्द्रबिन्दु
0
Shares

नेपाल टेलिकमले आज शुक्रबारदेखी ‘नमस्ते क्रेडिट’ सेवा सूचारु गर्ने भएको छ । 

ग्राहकको सेवाका लागि टेलिकमले ‘नमस्ते क्रेडिट’ सेवा मार्फत सापटीको व्यबस्था गर्न लागेको हो । टेलिकमले आफ्नो  १४ औंँ वार्षिकोत्सवको अवसरमा गत माघ २३ गते यो सेवाको सफ्ट लन्च गरेको थियो । तत्कालिन सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मोबाइलमा कुरा गर्दै यो सेवा सुरु गरेका थिए ।

यस सेवा अन्तर्गत फोन गर्दागर्दै पैसा सकिए पनि फोन काटिने छैन । तर त्यसको लागि ग्राहकले म यो सेवा लिन चाहन्छु भनेर आफ्नो मोबाइल नम्बर रजिस्टर गराउनु पर्ने हुन्छ । नम्बर रजिस्टर गरेपछि मात्र ग्राहकको पैसा सकिए पनि फोन काटिदैन । अर्थात् पैसा सकिना साथ टेलिकमले सापटी दिन्छ । यस्तो सापटी ग्राहकले अर्को पटक मोबाइल रिचार्ज गर्दा आफै काटिने छ ।

Logo