काठमाडौँ

प्राधिकरणले भारतबाट आयात गर्दै आएको विद्युतको भाउ झन महँगिदै जान थालेको छ । "/>

महंगिदै भारतीय बिजुली : प्रतियुनिट १०.३२ रुपैयाँ पर्ने

महंगिदै भारतीय बिजुली : प्रतियुनिट १०.३२ रुपैयाँ पर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्राधिकरणले भारतबाट आयात गर्दै आएको विद्युतको भाउ झन महँगिदै जान थालेको छ । भारतीय विद्युत मन्त्रीले छिमेकी राष्ट्रहरूलाई सस्तोमा बिजुली बेच्ने सार्वजनिक गरिरहेको र भारतमा सौर्य ऊर्जा (सोलार) को भाउ सस्तिदै गएको तथा अन्य ऊर्जाका प्रविधिहरू पनि प्रतिस्पर्धात्मक बन्दै गएको बेला आयातित विजुली महँगिदै जान थालेको हो । ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रशारण लाइन मार्फत १५ महिनामा १ सय २० मेगावाट आयात गर्ने गरी अहिलेको मूल्य भन्दा ०.३८ भारु र ६ महिनापछि ०.५७ भारु बढ्ने गरी नयाँ विद्युत खरिद सम्झौता (पीपीए) सम्झौतासँगै आयातित विजुलीको भाउ महँगिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन) का प्रमुख कार्यकारी अधिकृत अरुण कुमार गर्ग बीच पहिला भन्दा बढी मूल्यमा विद्युत खरिद गर्ने सम्झौता पनि भएको छ ।

सुरुमा प्रतियुनिट भारु ३.४४ मा र पछि प्रतियुनिट भारु ३.६० अर्थात ५.७६ रुपैयाँमा खरिद विद्युत दिँदै आएको भारतले फेरि सो अन्तरदेशीय प्रशारण लाइन मार्फत आयात गरिएको विद्युतको भाउ बढाएर प्रतियुनिट मूल्य ३.९८ भारतीय रुपैयाँ अर्थात ६.३६ रुपैयाँ पु¥याएको छ । ६ महिनाका लागि सो मूल्य तय भए पनि त्यसपछि भने ५ प्रतिशत बढ्नेछ । यसको आधारमा प्रतियुनिट ४.१७ भारु अर्थात ६.६८ रुपैयाँ पुग्नेछ ।

विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले नयाँदिल्लीमा हालै भएको वार्ताले भारतबाट खरिद गरिने विद्युतको नयाँ दर कायम गरेको जानकारी दिए । उनका अनुसार सन् २०१८ बाट लागू हुने गरी १५ महिनाको पीपीए भएको हो । डिसेम्बर २७ मा नवीकरण भएको पीपीएको म्याद यही १७ चैत (३१ मार्च) मा सकिन लागेको छ । हाल सो अन्तरदेशीय प्रशारण लाइन मार्फत प्राधिकरणले ९० मेगावाट विद्युत आयात गर्दै आएको छ ।
कारोबारबाट

Logo